बिदुरमा विद्यार्थी चढ्ने बसको ¥याली
बिदुर–शिक्षा विधेयक संशोधनको माग गर्दै सोमवार नुवाकोटको विदुरमा विद्यार्थी चढ्ने बसको ¥याली गरिएको छ । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई समस्या पार्न लागिएको जनाउंदै नुवाकोटमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनले आन्दोलन गरिरहेको छ ।
आन्दोलनअन्र्तगत दोश्रो पटक विदुरमा विद्यार्थी चढ्ने वसको ¥याली गरेका हुन् । शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राखिन नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैह्रनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग गर्दै प्याब्सनले विभिनन कार्यक्रम गरिरहेको छ ।

प्याब्सन नुवाकोटको नेतृत्वमा विदुरमा विद्यार्थीहरु चढ्ने आआफ्ना विद्यालयका बस ल्याएर बजारमा वस ¥याली गरेर विधेयकको विरोध गरेका हुन् । निजी विद्यालयहरूको सवारीसाधनमा कालो ब्यानर टाँसी वसहरु नुवाकोटको सदरमुकामस्थित बजार क्षेत्रमा उतारेका हुन् ।
नुवाकोटका ३९ निजी विद्यालयहरुका ६० भन्दा धेरैविद्यार्थी वोक्ने वस, भ्यानलगायतका सवारीसाधनको ¥याली प्रदर्शन गरिएको आयोजक प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए । विद्यालयका गाडीहरुलाई प्रहरीले स्कर्टिडसमेत गरेको थियो ।
प्रस्तावित विधेयककोे खबरदारीका लागि सम्पुर्ण सदस्य बिद्यालयहरु २० किलोमिटर प्रतिघण्टाको गतिमा विद्यार्थीका वसको ¥याली प्रदर्शन गरिएको कोषाध्यक्ष रामशरण रिमालले जानकारी दिए । उनका अनुसार शिक्षा विधेयकमा १५ प्रतिशत पुर्ण छात्रवृत्ति र निजि बिद्यालयहरु गैह्र नाफामुलक बन्नाउने भन्ने बुदाको बिरोध गर्दै प्याव्सनले आन्दोलन गरेको हो ।

सरकारले निजी शैक्षिक संस्थालाई समस्या बनाउन गरि ल्याइएको विधेयक आफूहरुलाई मान्य नहुने प्याव्सन विदुर नगर समितिका अध्यक्ष रामराजा कुमालको भनाई छ । सरकारले आफूहरुको माग सुनुवाई नगरेको खण्डमा आन्दोलनालई अझ कडा रुपमा अघि बढाउने उनीहरुले चेतावनी दिएका छन् ।
प्याब्सन नुवाकोटले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको जनाउंदै विरोध कार्यक्रम गरेको हो । विधेयक सच्याउन दावाव दिँदै निजी विद्यालय सञ्चालकहरूले नुवाकोटमा बस, भ्यान ¥याली निकालेका हुन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए संयुक्त रूपमा गर्दै आएको आन्दोलन स्वरुप सोमवार सरकारलाई दवाव दिन उक्त कार्यक्रम गरेका हुन् । बस ¥याली गगटेबाट बट्टार हुदै विदुरसम्म पुगेर समापन भएको थियो ।
विदुरमा भने सडकमा गाडी तेर्साइएका कारण केही समय यातायात अवरुद्ध हुन पुगेको थियो । प्याब्सनले सरकारले ल्याउन लागेको विधेयकमा क्रमश ः गैह्रनाफामुलक भन्ने शब्द हटाउनुपर्ने, छात्रवृत्ति विद्यालय आफैले तोक्नु पाउनुपर्ने लगाययतका विषय उठाएर आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले आफूहरुले उठाएका माग सम्बोधन नभए भदौं १८ गतेबाट विद्यालयको सांचो सरकारलाई बुझाएर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । प्याब्सनसहित निजी विद्यालयका सञ्चालकहरु लगातार दुई सातादेखि आन्दोलित रहेका छन् ।












































