विद्यालयमा फलफुलको विरुवा रोपिए

–गापा अध्यक्षले गरे उद्घाटन्
लोकखबर
२०८२ भाद्र १६, सोमबार १७:४०

बिदुर- नुवाकोटको खरानीटारको एक विद्यालयमा फलफुलका विरुवा रोपिएको छ । तादी गाउँपालिका ३ स्थित अमरज्योति माविको वगैचा स्थापनासंगै फलफुलको विरुवा रोपिएको हो ।
विद्यालयको वगैचामा सोमवार गापा अध्यक्ष सन्तमान तामाङले फलफुलको विरुवा रोपेर उद्घाटन गरे । उनले अव अर्गानिक र ताजा फलफुल मानव जीवनका लागि आवस्यक रहेको वताउंदै सवैले आआफ्ना घरमा फलफुलका विरुवा रोप्न आग्रह गरे ।

विद्यालयमा वगैचा स्थापना गरि अम्बा लिची, आँप, अनार, धुपीको एकसय ५० वोट बिरुवा रोपिएका छन् । फलफुलको विरुवा रोपण कार्यक्रममा बिद्यालयका अध्यक्ष सच्चिदानन्द उप्रेती, प्रधानाध्यापक सुरेन्द्र अधिकारी, विद्यालयका शिक्षक, कर्मचारी, अनय जनप्रतिनिधि, पुर्व विद्यार्थी सुबर्णराज कंडेल, सर्वसाधारणलगायतले विरुवा रोपेका हुन् ।
लायन्स क्लव अफ काठमाडौं म्याग्दीले उक्त फलफुलका विरुवा विद्यालयलाई उपलव्ध गराएको हो । यसवाट विद्यालयमा वगैचाको स्थापना र वातावरणमा सौन्दर्यता वढेको विद्यालले जनाएको छ ।


सर्वाधिक रुचाइएको