दुर्घटनामा स्कुटर चालक घाइते
– त्रिशूली अस्पतालमा उपचार
बिदुर–त्रिदेशिय मार्गको काशीटारमा दुर्घटना भएको छ । दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।
उक्त सडकमार्ग अन्र्तगत गल्छी–देवीघाट सडकखण्डको वीचमा रहेको वेलकोटगढी नपा ८ सिमखेतमा महादेबफाटबाट देबीघाटतर्फ जांदै गरेको बा६७प ६८२८ नं.को स्कुटर दुर्घटना हुंदा चालक स्थानीय २५ वर्षिय सन्तोष श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा घाईते श्रेष्ठलाई उपचारको लागि त्रिशूली अस्पताल पठाइएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।












































