मन्दिरमा पुजा गरि त्रिशूलीमा हेलिइन् महिला

– खोजी कार्य जारी
लोकखबर
२०८२ भाद्र १६, सोमबार २२:२०

बिदुर–नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा पुजाआजा गरि एक महिला त्रिशूली नदीमा हेलिएकी छन् । उनको खोजी भइरहेको छ ।
विदुर नगरपालिका ५ देबीघाटमा रहेको उक्त मन्दिरमा सोमवार वेलुकी पुजाआजा गरि खुर्सानेखोलाकी एक महिला मन्दिर किनारामै रहेको त्रिशूली नदीमा हेलिएकी हुन् । विदुर नपा ८ खुर्सानीखोला घर भएकी ५१ वर्षिया उमादेवी भट्ट जालपादेवी मन्दिरमा पुजाआजा गरि त्रिशूलीमा हेलिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जालपादेवी मन्दिरमा वेलुकी पुजा गरेपछि उनी विस्तारै त्रिशूली नदीतिर अगाडि बढ्दै नदीमा हेलिएको जालपादेवि मन्दिरको सिसिटिभी फुटेजमा देखिएको स्थानीयवासी तथा वडा सदस्य विनोद चित्रकारले वताए । उनको खोजीमा परिवार, आफन्तजन तथा सुरक्षाकर्मी परिचालन भएका छन् ।
नदी किनारामा भेटिएको पछ्यौरा र चप्पलले नदीमा हराइरहेकी उमादेवीका पति रामप्रसाद भट्टले पहिचान गरेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।


सर्वाधिक रुचाइएको