कलाकार तथा प्राविधिकहरुलाई परिचयपत्र
– मन्त्रिद्वारा सम्मानसहित कदर

विदुर–चलचित्र विकास बोर्डले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । बोर्डले आइतबार विशेष कार्यक्रमकावीच ठुलो संख्यामा कलाकार तथा प्राविधिकहरुलाई उक्त परिचयपत्र वितरण गरिएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बागुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका हुन् ।

मन्त्रि गुरुङले चलचित्रले नेपालको पहिचान तथा विशेषतालाई आत्मसात गरेको वताए । उनले नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा चलचित्रमार्फत मजवुत रुपमा पहिचान दिलाउनु पर्नेसमेत वताए ।

चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ । यस कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेशागत पहिचानलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

वोर्ड चलचित्र क्षेत्रको परिवर्तन, पहिचान र परिस्कृतका लागि क्रियाशील रहेको भलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले वताए । उनले नेपालमा अव चलचित्रको प्रवद्र्धनका लागि विशेष कार्य सुरु भइसकेकोसमेत उनले वताए ।



