हराएका युवकहरु मृत भेटिए

– सोलेस्थित खोलावाट रेस्क्यु गरि शव निकालियो
लोकखबर
२०८२ भाद्र १७, मंगलवार १४:३५

बिदुर–हराइरहेका दुई युवकहरु मृत अवस्थामा फेला परेका छन् । सोलेस्थित खोलावाट दुवै जनाको शव निकालिएको छ ।
मोटरसाईकल दुर्घटनामा तीन दिनदेखि हराइरहेका २ जना युबक मंगलवार दिउंसो मृत भेटिएका हुन् । नुवाकोटसंगै जोडिएको रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाईकल दुर्घटनामा हराइरहेका २ जना युवकको रेस्क्यु विद्यिद्वारा उद्धार गरिको सशस्त्र प्रहरी वलले जनाएको छ ।
यहि भदौ १५ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ ठाडेका २४ बर्षिय सुदीप घले र २३ बर्षिय दावाढेण्डुप तामाङ हराइरहेकोमा उनीहरुको शव मंगलवार फेला पारेर खोलावाट निकालिएको शसस्त्र प्रहरी वलका सहप्रवक्ता प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुवै युवक एएए–३८१७ नम्बरको मोटरसाईकलमा धुन्चेतर्फ गएकोमा मंगलवार विहानसम्म पनि सम्पर्कमा नआएपछि परिवार तथा आफन्तले खोजी कार्य सुरु गरेका थिए ।

किटानी निवेदन आएपछि सेनाको श्रीनाथ गण धुन्चेस्थित चेकप्वाईन्टमा जडान भएको सिसिटिभी फुटेजमा भदौ १५ गते राती १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाईकलमा गएको देखिएको आधारमा सोही स्थानतर्फ उनीहरुको खोजी कार्य तिव्र पारिएको थियो । सिसिटिभी फुटेजकै आधारमा उनीहरुको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको नेतृत्वमा टोली पसिचिालन गरिएको थियो ।
विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले मंगलवार उनीहरु मृत अवस्थामा फेला पारेको डिएसपि थापाले जानकारी दिए । उनका अनुसार घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट झण्डै २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको देखिएको छ ।
दुबै शब संयुक्त सुरक्षा फौजले रोप रेस्क्यु विधि प्रयोग गरेर निकालेको हो । परिवार तथा आफन्तले खोजीका लागि प्रहरीमा उजुरी दिएपछि सवै सुरक्षा निकाय पसिचालन भएकोे थियो भने घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको