देवीघाटवाट हेलिएकी महिलाको शव गण्डकीमा

– एक दिनपछि भेटियो शव
लोकखबर
२०८२ भाद्र १७, मंगलवार २१:३२

बिदुर–नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरस्थित त्रिशूली नदीमा हेलिएकी महिलाको शव एक दिनपछि फेला परेको छ । विदुर नगरपालिका–८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्टको शव गोरखाको गण्डकीस्थित त्रिशूली नदी किनारमा मंगलवार फेला परेको हो ।

विदुर नपा ५ देबीघाटस्थित जालपादेवी मन्दिरमा पुजाआजा गरेर सोमवार वेलुकी त्रिशूली नदीमा हेलिएकी भट्टको शव खोजतलासका क्रममा गोरखाको गण्डकी गाउँपालिकाको बर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । गण्डकी गापामा पर्ने स्थानीय विद्यालयको पारिपट्टि त्रिशूली नदी किनारामा वेपत्ता भट्टको शव भेटिएको हो ।

उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको