स्थानीय शिक्षा नीति सम्वन्धि अन्र्तक्रिया
बिदुर–पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा स्थानीय सरकारको शिक्षा नीति तथा प्राथमिकता सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । २ दिन सम्म संचालन भएको कार्यक्रममा गाउँ कार्यपालिकाका जनप्रतिनिधि, कर्मचारी र संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शैक्षिक लक्ष्य, उद्धेश्य, रणनीति र कार्यनीतिहरु तय गरी छिट्टै कार्यान्वयन गरिने गरी अन्र्तक्रिया गरिएको थियो । कार्यक्रमले गाउँपालिकाको शैक्षिक अवस्थाको विश्लेषण गरी पालिकाको शैक्षिक आवश्यकताहरुको पहिचान र प्राथमिकिकरण गरिएको थियो ।

संघीय सरकार, वागमति प्रदेश सरकारका शिक्षा नीति, योजना, स्थानीय सरकार सञ्चालन ऐन र सरकारवाट प्रदत्त अधिकार क्षेत्रभित्र रहेर शैक्षिक योजना निर्माण हुने आयोजकले जनाएको छ । यसैवीच, दुप्चेश्वर गाउँपालिकाले शैक्षिक योजना निर्माण गरिसकेकाले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयका लागि नयाँ आयामहरुबारे अन्र्तक्रिया गरिएको थियो ।

शिक्षा क्षेत्रको समग्र विकास, उत्पादनमुखी, रोजगारमुलक दक्ष जनशक्ति उत्पादनको योजनाबद्ध प्रयासका लागि अन्र्तक्रिया उपयूक्त भएको र स्थानीय तह आफैँले नेतृत्व लिएर आफ्नो नीति, योजना आफै बनाउनुपर्ने जनाइएको छ । यसका लागि स्रोत व्यवस्थापन र कार्यान्वयनमा पर्ने जटिलतामा रुडेक नेपाल सदैव तयार रहेको कुरा आयोजक रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले बताए ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले शिक्षा क्षेत्रमा योजनाबद्ध तरिकाले अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको र व्यवस्थित, गुणस्तरिय, प्रभावकारी शैक्षिक उपलब्धि हासिल गर्ने पालिकाको योजना हेकोले पन्चकन्या गापाले यस कार्यलाई प्राथकितामा राखी अगाडि बढाएको वताए । कार्यक्रममा सहभागीहरुले शिक्षा नीति र योजना प्राथमिकिकरण गरेर प्रभावकारी योजना कार्यान्वयन गरिने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा पन्चकन्या गापामा १७ र दुप्चेश्वर गापामा १८ जनाको सहभागिता रहेको थियो । गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धित गाउँपालिकाको समन्वयमा रुडेक नेपालको आयोजनामा सन्चालित दुई दिने कार्यक्रमको सहजीकरण तोया अम्गाई र सन्तोष खनालले गरेका थिए ।
















































