घरवाटै ठुलो परिमाणको नगद लुटपाट !
बिदुर–नुवाकोटको दक्षिणपश्चिममा रहेको सेलडांडास्थित एक घरमा वुधवार राती ठुलो परिमाणको नगद लुटपाट भएको प्रहरीमा उजुरी परेको छ । तारकेश्वर गाउँपालिका १ सेलडांडा दाङसिङको एक घरवाट लाखौं रुपैया नगद लुटपाट भएको उजुरी आएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

स्थानीय वृद्ध खम्बबहादुर तामाङले आफ्नो घरबाट नगद ७० लाख लुटपाट भएको वताएका छन् । उनले आफु र आफ्नो घर परिवारका सदस्यहरुमाथि आक्रमण गरि उक्त रकम लुटेर लगेको प्रहरीलाई वताएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए ।

ठुलो परिमाणको नगद लुटपाट भएको उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट डिएसपि लामाको नेतृत्वमा प्रहरी टोली खम्बबहादुर तामाङको घरमा पुगेर अनुसन्धान गरेको हो । खम्बबहादुर तामाङले आफ्नो दराजवाट ७० लाख रुपैया लुटिएको मौखिक उजुरी दिएका हुन्, अनुसन्धान भइरहेको छ, उनको घरमा उक्त रकमको श्रोतकोसमेत पहिचान गर्ने कार्य सुरु गरिएको डिएसपि विक्रम लामाले वताए ।

खम्बबहादुर तामाङका अनुसार बुधबार राती चार जानकोसमूहमा आएका अज्ञात पुरुषहरुले आफुसहित आफ्ना छोरावुहारीलाईसमेत धरपकड गरि दराजवाट झिकेर ७० लाख रुपैयाँ लुटेर लगेका हुन् । पहिले आफुहरुलाई प्रहरी भएको वताउंदै आएका उक्त समूहले उनका छोरा र बुहारीलाई एउटै फलामे तारले वाधेंको र खम्बबहादुरलाई उनको कोठामा रहेको दराजवाट पैसा झिक्न लगाई उनलाई पछाडिवाट हात वांधेर ढोका वाहिरवाट चुक्कुल लगाई नगद ७० लाख रुपैया लुटेर लगेको खम्ववहादुरले उजुर िदिएको तारकेश्वर गापा १ का वडाध्यक्ष चक्रवहादुर तामाङले वताए ।

उनका अनुसार खम्बहादुरले गाउँमा रकम सापटी दिने, आवश्यक पर्दा व्याजमा फैसा लगाउने गरेका व्यक्ति हुन् । उनले त्यतिधेरै पैसा घरमा राख्नुको कारण र पैसाको स्रोतबारे अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

चार जनाको समूह आएकाहरुले आफुलाई विदुर र दाङसिङवाट आएको प्रहरी भएको वताउंदै नगद लुटपाट गरेको वृद्ध खम्ववहादुर तामाङको भनाई छ । छोरा फुलवहादुर तामाङ र उनकी श्रीमतीलाई एउटै तारले वांधेर आफुहरुलाई आक्रमण गरि नगद लुटपाट गरेको तामाङले वताए ।












































