सुर्यगढीका स्वास्थ्य अधिकृतको निधन
– गापाले दियो शोक विदा
बिदुर–नुवाकोटको सुर्यगढी गाउंपालिकाका स्वास्थ्य अधिकृतको निधन भएको छ । गापा कार्यालय सुर्यगढी चोकदेमा कार्यरत अधिकृतको निधन भएपछि गापाले शोक विदा दिएको छ ।

सूर्यगढी गाउँपालिकाको स्वास्थ्य शाखामा सिनियर अहेव छैटौं तहमा कार्यरत विदुर नपा २ नुवाकोटका ५० वर्षिय नरेन्द्रमान डंगोलको विहीवार असामयिक निधन भएको हो । उनको निधनमा शुक्रवार सुर्यगढी गापा, स्वास्थ्य शाखा, वडा कार्यालयहरु तथा इकाइहरुमा शोक विदा दिइएको गापा अध्यक्ष शन्तवहादुर घलेद्वारा जारी पत्रमा जनाइएको छ ।

लामो समयदेखि कार्यरत कर्तव्यनिष्ठ, इमान्दार, सरल, मिलनसार र होनहार स्वास्थ्यकर्मी डंगोलको त्रिशूली अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको अध्यक्ष घलेले वताए । मृतक डंगोलको दुई वर्ष अगाडि व्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो ।












































