निजी विद्यालय अनिश्चितकालीन वन्द

– सुरक्षा संवेदनशीलतामा जोड
लोकखबर
२०८२ भाद्र २६, बिहीबार १७:३१

बिदुर- सुरक्षा संवेदनशीलतामा जोड दिदै नुवाकोटका निजी विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । देशमा सिर्जित अवस्थाका कारण यसअघि दुई दिन वन्द गरिएको थियो ।
निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन नुवाकोटले बुधबार विज्ञप्ति जारी गर्दै ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि सबै निजी विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

देशको विषम परिस्थिति र जिल्ला प्रशासान कार्यालय नुवाकोटबाट जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै बुधवार वसेको भर्चुअल बैठकको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।


सर्वाधिक रुचाइएको