संविधान रक्षाको माग
– बिदुरमा एमाले कार्यकर्ता
बिदुर- नेपालको संविधान रक्षाको माग गर्दै शुक्रवार नुवाकोटको बिदुरमा प्रदर्शन भएको छ । एमाले सम्वद्ध नेता कार्यकर्ताले संविधान २०७२ को रक्षा गरिनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

सदरमुकाम बिदुरस्थित पार्टी कार्यालय अगाडि एमाले नेता, कार्यकर्ताहरुले नेपालको संविधान २०७२ को रक्षा गरिनुपर्ने माग गर्दै हातमा प्लेकार्ड वोकेर प्रदर्शन गरेका हुन् । उक्त कार्यक्रम एमालेका केन्द्रीय नेता तथा जिल्लास्तरका कार्यकर्ता, विभिन्न जनसंगठनका प्रमुख, पदाधिकारी तथा कार्यकर्ताहरुको सहभागितामा गरिएको हो ।

नेपालको संविधान २०७२ को रक्षा गरौं भन्ने प्लेकार्डसहित एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, वागमति प्रदेश कमिटि सदस्य सन्जु पण्डित, एमाले जिल्ला सचिव शिवकुमार चित्रकार, पुर्व उपाध्यक्ष वुद्धिवहादुर प्रधान, उपसचिव राजेन्द्रप्रकाश पाण्डे, नगर कमिटि अध्यक्ष सन्जिववहादुर श्रेष्ठलगायतले नेपालको संविधान २०७२ ले नेपालको प्रतिष्ठा कायम गरेकोले यसको संरक्षण जरुरी रहेको वताए ।












































