बाल दिवसमा विभिन्न कार्यक्रम

लोकखबर
२०८२ भाद्र २९, आईतवार २१:५८

बिदुर– विभिन्न शैक्षिक कार्यक्रम गरि नुवाकोटका विभिन्न स्थानमा ६१औं राष्ट्रिय बाल दिवस मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ विभिन्न बिद्यालयहरुमा शैक्षिक कार्यक्रम सन्चालन गरिएको थियो ।

शिक्षा, सामाजिक विकास र कृषिमा विविध कार्यक्रम गर्दै आएको ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल नुवाकोटको आयोजनामा आइतवार एकैदिन नुवाकोटका चार वटा विद्यालयमा बाल दिवसका विभिन्न कार्यक्रमहरु सन्चालन गरिएका हुन् । नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिकामा रहेका चार वटा विद्यालयमा बाल दिवसकै क्रममा वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।

उक्त कार्यक्रम कालिका मावि, इन्द्रायणी मावि, उदय जालपा मावि र पन्चकन्या माविमा गरिएका हुन् । चारै वटा विद्यालयमा बालविवाह न्युनीकरणका लागि परिवार, विद्यालय र समुदायको भुमिका विषयक सम्वन्धि वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिताका साथै बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ विद्याथी, शिक्षक, अभिभावक तथा सर्वसाधारणको सहभागितामा शैक्षिक जागरणमुलक ¥याली गरिएको छ ।

वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्रीहरु प्दान गरिएको छ । विजेता विद्यार्थीहरुलाई जनप्रतिनिधिका साथै आयोजक डेक नेपालका परियोजना अधिकृत हरि लामा, गुड नेवर्सका कार्यक्रम अधिकृत हिमाल पहरीलगायतले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।


सर्वाधिक रुचाइएको