बिद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री

– अध्ययनप्रति उत्साहित
लोकखबर
२०८२ भाद्र ३०, सोमबार २०:२०

बिदुर- विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित गराउने उद्धेश्यले एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित निलकण्ठ माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा स्टेसनरी सामग्रीहरु वितरण कार्य गरिएको छ । १८ जना विद्यार्थीहरुलाई एक/एक जोर विद्यालय पोशाक र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको लायन्स क्लव अफ काठमाडौ तारकेश्वरका पुर्व अध्यक्ष राजु चालिसेले जानकारी दिए ।

उनका अनुसार एक दशक अगाडिको विनासकारी भुकम्पका कारण विभिन्न स्थानवाट विस्थापित भएका परिवारका वालवालिकाहरुलाई छनौट गरि उक्त सहयोग गरिएको हो । लायन्स क्लव अफ काठमाडौ तारकेश्वर र काठमाडौ ह्वाईट लोटसको समन्वयमा उक्त सामग्री क्लवका पुर्व अध्यक्ष मन्जु भट्टराईघिमिरेका छोरा रविन घिमिरे तथा क्लवका अध्यक्ष सीता घलेको जन्मदिनको अवसरमा कार्यक्रमका वीच विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो ।

 

 

 


सर्वाधिक रुचाइएको