पर्यटकिय तथा धार्मिक स्थल सरसफाई
-सामाजिक सक्रियता वढ्दो

बिदुर– वडादशैंको आगमनसंगै नुवाकोटका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरु सरसफाई गरिएको छ । नुवाकोटको विभिनन स्थानमा सामूहिक रुपमा आआफ्ना स्थानमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको सरसफाई कार्य भइरहेको छ ।
सोही अनुसार “आफ्नो गाउँ आफैं बनाऔ’’ भन्ने भावनाले विदुर नगरपालिका ८ बगुवामा विभिन्न स्थल सरसफाई गरिएको छ । ६० जना भन्दा वढिले श्रमदान गर्दै एकैपटक स्थानीय शिब मन्दिरदेखि तल्लो बगुवा, पहरेखोप हुदै पञ्चकन्या मनिदरसम्म सरसफाई गरिएको पन्चकन्या मन्दिर संरक्षण समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।