सदियौं पुरानो भैरवीमा नयां कुमारी

बिदुर– धार्मिक तथा ऐतिहासिक रुपमा महत्वपुर्ण नुवाकोटको भैरवीमा नयां कुमारी कायम गरिएको छ । विशेष पुजाआजासहित विदुर नगरपालिका २ नुवाकोट टाकुरोमा रहेको भैरवी मन्दिरमा नवरात्रको साइत पारेर नयां कुमारी पदस्थापना गरिएको हो ।
नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरमा एकसय ५० वर्ष पुरानो कुमारी परम्परालाई जीवन्त राखी नयाँ कुमारी देवी पूजापाठ सहित परम्परागत तरिकाले स्थापना गरी नुवाकोट परिक्रमा गरी नयाँ कुमारी देवी प्राथी डंगोलको पदस्थापना गरिएको हो । उनी अर्थात् जीवित देवी कुमारीलाई नवरात्रभर भैरवी मन्दिर अगाडिको शीतलपाटीमा राखिएको छ ।
भैरवी माविकोे बालविकास कक्षामा अध्ययनरत ६ वर्षिय छात्रा प्रार्र्थी डंगोल आश्विन शुक्ल प्रतिपदाबाट विधिवत रूपमा नुवाकोटको भैरवीको कुमारीको रुपमा पदस्थापन गरिएको विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले वताए । यस अगाडिकी कुमारी जेनिशा डंगोल सामाजिक विद्यि अनुसारका कारण अवधि सकिएपछि प्रार्थी नयां कुमारी भएकी हुन् ।
सदियौं पुरानो कुमारी परम्परालाई निरन्तरता दिंदै नयाँ कुमारी देवीलाई लगातार ६ घण्टा लामो पूजापाठ सहित भैरवी मन्दिरका पुजारी हरिमानसिंह डंगोललगायतले विद्यिपुर्वक प्रार्थी डंगोललाई कुमारी देवीको रुपमा पदस्थापन गरिएको हो । उक्त कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटीलगायतको सहभागिता रहेको थियो ।
आस्था, श्रद्धा र भक्तिका रुपमा नुवाकोटमा लोप हुन लागेको संस्कृतिलाई संरक्षणका लागि स्थानीयवासी, जनप्रतिनिधि, संस्कृतिकर्मी जुटेका हुन् । नुवाकोटवाटै पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको र काठमाडौवाट नजिक रहेको कारण सर्वसाधारण धार्मिक पर्यटनका लागिसमेत नुवाकोट पुगिरहेका छन् ।