शिवपुरीमा दुर्घटना
बिदुर– काठमाडौवाट नुवाकोट प्रवेशको छोटो मार्ग छहरे–टोखा–त्रिशूली सडकमार्गमा दुर्घटना भएको छ । मोटरसाइकल चालक घायते भएका छन् ।

विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको नुवाकोट शिवपुरी गाउँपालिका ७ थानाभन्ज्याङस्थित उक्त सडक खण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३०१ज०९८९ नम्बरको विद्युतीय माइक्रोवस र काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको बा९४प ५०५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोटकै बेलकोटगढी नगरपालिका ९ का २७ वर्षिय दिवस लामा घाइते भएको ट्राफिक प्रहरी पैमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार लामाको बायाँ खुट्टामा चोट लागेको छ । उनलाई उद्धार गरि उपचारको लागि काठमाडौँ पठाइएको छ भने ठोक्किएका दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।












































