छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

– खोलामा खस्यो विद्युतीय माइक्रो, भित्तामा ठोक्कियो मोटरसाइकल
लोकखबर
२०८२ आश्विन ११, शनिबार २२:३३

बिदुर-  नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुघृटना भएको छ । गुडिरहेको विद्युतीय माइक्रोवस खोलामा खसेको छ भने मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्र्किर दुर्घटनाग्रस्त भएको छ ।

दुवै दुर्घटनामा चालक घाइते भएका छन् । पासाङल्हामु मार्गको ककनी–पिपलटार सडकखण्डमा शनिवार मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो ।
उक्त सडकमार्गअन्र्तगत विदुर नगरपालिका ५ पिपलटारमा तादीपुल जाने सडकखण्डमा त्रिशूलीबाट तादीपुलतर्फ जादै गरेको बा९१प २९८७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक बिदुर नपा ५ कै २३ वर्षिय सन्तोष श्रेष्ठ घाइते भउको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।

युवकको बाँया हात, तथा खुट्टामा चोट लागेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
उता, नुवाकोटवाट काठमाडौ प्रवेशो छोटो मार्ग काठमाडौ–छहरे–वट्टार सडकखण्डमा गुडिरहेको विद्युतीय माइक्रोवस ताद िखोलामा खसेर दुर्घटनाग्रस्त भएको छ । चालक घाइते भएका छन् ।

उक्त सडकखण्डमा रहेको लिखु गाउँपालिका ३ गढ्खार पुल नजिकै बागमती प्रदेश ०६००१ज०३३८ नम्बरको विद्युतीय माइक्रोवस मुल सडकदेखि ३० मिटर तल ताद िखोलामा खसेर दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ , त्रिशूलीबाट काठमाडौँतर्फ यात्रु लिनका लागि हिँडेको नेपाल माइक्रोवस समितिमा आबद्ध उक्त विद्युतीय माइक्रो शनिवार हेभि इक्युपमेण्टमार्फत तादी खोलावाट निकालिएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । तिव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको छ ।


सर्वाधिक रुचाइएको