दर्ता नगरि सन्चालित पसल वन्द

– नगद जरिवाना
लोकखबर
२०८२ आश्विन १३, सोमबार २१:२०

बिदुर– नुवाकोटको कोलोनीमा दर्ता नगरी सन्चालित पसल वन्द गरिएको छ । जरिवानासमेत गरिएको छ ।
विदुर नगरपालिकाले चाडपर्वसंगै वजार अनुगमन गरि विदुर ९ कोलोनीमा रहेको माखन जलपान गृह पसलमा निरीक्षण तथा अनुगमन गरि जरिवानासहित पसल वन्द गराएको हो । उक्त पसलका प्रोप्राइटर छेदि शाहले वाणिज्य व्यवसाय दर्ता नै नगरी पसल संचालन गरेको पाइएको हुदा ३५ दिन भित्र सम्बन्धित निकायमा गई व्यवसाय दर्ता गर्न निर्देशनसहित तत्काल पसल वन्द गरिएको अनुगमन समितिका संयोजक गणेशकुमार नेपालले जानकारी दिए ।

उनका अनुसार तत्काल नगद पांचहजार रुपैया जरिवानासमेत गरि विदुर नपा कार्यालयमा पसल दर्ताको कागजपत्र पेश गर्न निर्देशन दिइएको छ । विदुर नपाले चाडपर्वको समयमा मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न र उपभोक्तासमेत सचेत रहन आग्रह गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।
अनुगमनका क्रममा दैनिक रुपमा बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तु तथा दैनिश उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण गर्ने, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम गर्ने, मूल्यसूची, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गरिएको छ । चाडपर्वलाई ध्यान दिदै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन कार्य गर्दै आएको विदुर नपाले जनाएको छ ।


सर्वाधिक रुचाइएको