वेवारिसे शव फेला
बिदुर- नुवाकोटको लिखु गाउँपालिकामा एक जना वेवारिसे पुरुषको शव फेला परेको छ । शव परिक्षणका लागि त्रिशूली अस्पतालमा राखिएको छ ।
सदरमुकाम विदुरदेखि १५ किलोमिटर उत्तरपुर्वमा रहेको लिखु गापा १ र २ को सिमानामा रहेको महादेवथान खोल्सामा मंगलवार एक अपरिचित पुरुषको शव फेला परेको हो । खेतमा बाम गर्न जाने क्रममा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई जानकारी दिएको वडाध्यक्ष नरहरि पाण्डेले वताए ।
उनका अनुसार करिव ४०/ ४५ वर्ष उमेरको पुरुषको उक्त शव सडेर कुहिएको कारण पहिचानमा कठिनाइ भएको छ । घटनाको विशेष अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
शव सडेगलेको अवस्थामा भेटिएकाले मृतकको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए । उनका अनुसार पुरुष जस्तो देखिने उक्त शवको हातमा निलो रंगको ट्याटु खोपिएको छ । शव खोल्सामा शरिरको माथि एउटा गन्जी मात्र लगाएको घोप्टो परेको अवस्थामा फेला परेको डिएसपि लामाको भनाई छ । शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।











































