चन्दन र सुशीलको जोडी भए प्रथम

बिदुर– खेलाडिहरुको खोजी र पहिचानका लागि नुवाकोटको कोलोनीमा व्याडमिन्टन प्र्रतियोगिता सम्पन्न भएको छ । दुई समूहमा खेलाइएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको छ ।
कोलोनी ब्याडमिन्टन ग्रुपको आयोजनामा बडादशैँ तथा शुभदिपावली’को अवसरमा विदुर नपा –९ स्थित कभर्ड हलमा सञ्चालित प्रतियोगिताका विजेताहरुलाई विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले खेलकुदवाटै मानवको सकारात्मक पहिचान हुने र विदुर नपाले सदैव खेलकुद क्षेत्रलाई प्रवद्र्धन गरिरहेको वताए ।
कुल ४० जोडीको सहभागिता रहेको उक्त ’बडादशैँ÷तिहार कप ब्याडमिन्टन प्रतियोगिता २०८२’ मा समूह एतर्फ चन्दन घले र आवास तामाङको जोडी प्रथम भए । समूह वितर्फ सुशील रिजाल र चक्र थापाको जोडी प्रथम भए ।
समूह एतर्फ सुशान्त श्रेष्ठ र रोशन अधिकारीको जोडी तथा समूह वितर्फ विजय गुरुङ र वलवहादुर तामाङको जोडी द्वितिय भए । प्रतियोगितामा समूह एतर्फ सुशील अधिकारी र राजेन्द्र श्रेष्ठ, कुमार डंगोल विदुर र कुमार डंगोल वेत्रावतिको जोडी तथा समूह वितर्फ विष्णु गुरुङ र सुर्य गुरुङ तथा सुर्य तामाङ र वद्री रिजालको जोडी तृतीय भए ।
प्रतियोगिता समापन कार्यक्रममा मेयर श्रेष्ठसहित उपमेयर प्रभा बोगटी, बिदुर १ का वडाध्यक्ष लेनिन रन्जित, आयोजक तथा सरोकारवाला खेलप्रेमीलगायतले विजेता खेलाडिहरुलाई पुरस्कृत गरे । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।