विद्यार्थीमार्फत समाज जागरण अभियान

– स्वास्थ्य सुरक्षामा जोड
लोकखबर
२०८२ कार्तिक १८, मंगलवार २१:२९

बिदुर-स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान सनचालन गरिएको छ । विद्यार्थीमार्फत अभिभावकलाई स्वास्थ्य सचेतना प्रभावकारी हुने निष्कर्शसहित सो अभियान गरिएको हो ।
शिवपुरी गाउंपालिकाको आयोजनामा थानापतिस्थित जनज्ञान निकेतन माविमा विश्व १ स्वास्थ्य दिवस नोभेम्बर ३ गते विश्व एक स्वास्थ्य दिवसका अवसरमा सरोकारवालालाई विश्व स्वास्थ्य अवधारणाबारे जानकारी दिइएको छ । कार्यक्रममा शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले अहिले समाजमा विद्यार्थीहरु इमान्दार, सचेत र आफ्ना अभिभावकहरुलाई कन्भिन्स गर्न सक्ने क्षमताका भएका कारण विद्यार्थीमार्फत अभिभावकलाई स्वास्थय अभिवृद्धिमा सकारात्मक नतिजा आउने विस्वास व्यक्त गरे ।

कार्यक्रममा जूनोटिक रोगहरू, एन्टिमाइक्रोबियल प्रतिरोध, खाद्य सुरक्षा र वातावरणीय जोखिमहरूका विषयमा अन्र्तक्रियासमेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको आपसी सम्बन्ध र त्यसको समन्वयका माध्यमबाट सबैको स्वास्थ्य जोगाउन सकिने उपायबारे सजग बनाइएको छ ।
विद्यार्थीहरुलाई समाजलाई सुसुचित गराउने उद्धेश्यसहित विश्व एक स्वास्थ्य अवधारणाले मानिस, जनावर र वातावरण एक अर्कासँग गहिरो रूपमा जडित रहेको र कुनै एक क्षेत्रमा देखिएको समस्या अरू क्षेत्रमा पनि असर पार्न सक्छ भन्दै सचेतनामा विदार्थीलाई समावेश गरिएको आयो्जकले जनाएको छ ।

कार्यक्रममा शिवपुरी कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक रिता नेपाली, शिवपुरी ८ का वडाध्यक्ष केशव रिजाल, जनज्ञान निकेतन माविका प्रधानाध्यापक अर्जुन लामिछान, शिवपुरी गापा शिक्षा शाखाका ध्रुव न्यौपाने, पशु शाखा प्रमुख डा. सिजन अधिकारी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको