गाउंमा स्वास्थ्य इकाई केन्द्र सन्चालन

– विरामी तथा सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८२ कार्तिक १८, मंगलवार २१:५८

बिदुर– विरामी तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा रहेको फिर्केप कोटमा स्वास्थ्य इकाइ केन्द्र सन्चालन गरिएको छ । विस्तारित स्वास्थ्य इकाइ केन्द्रको विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।

तारकेश्वर गाउंपालिका ६ को फिर्केपकोटमा विस्तारित स्वास्थ्य इकाइ केन्द्रको गापा अध्यक्ष शिव अधिकारी अविरलले बाट उद्घाटन गरे । यसवाट गाउं)वासी तथा स्थानीय विरामीहरुले सेवा पाएका छन् ।

तारकेश्वर गापा अध्यक्ष अधिकारीले तारकेश्वरको कुनामा रहेको यस स्वास्थ्य केन्द्रको सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । उनले विद्यमान स्वास्थ्य केन्द्रहरुबाट टाढा रहेका र स्वास्थ्य सेवाको पहुँचबाट केल्टे परेका गाउँहरूमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अन्तर्गत उक्त स्वास्थ्य इकाइ केन्द्र सन्चालन गरिएको वताए ।


अध्यक्ष अधिकारीले सामान्य उपचार र सिटामोलका लागि समेत घण्टौं टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जनाउंदै विस्तारित केन्द्रबाट नियमित सेवा सुरु भएको र स्थानीय आवश्यकता बुझेर नियमित र गुणस्तरीय सेवा दिन र जनगुनासो नआउने गरी काम गर्न केन्द्रका स्वास्थ्यकर्मीलाई निर्देशन दिए । उनले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले जथाभावी बिदामा नबस्न र बस्नै परे अग्रिम रूपमा जानकारी गराई वैकल्पिक व्यवस्था मिलाएर मात्रै बिदामा बस्न आग्रह गरे ।

सांढे तीन वर्षको अवधिमा तारकेश्वरमा विस्तार भएको सो सातौं स्वास्थ्य इकाइ केन्द्र हो । तारकेश्वर गापामा पहिलेदेखि नै एक आयुर्वेदिक सहित ८ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । थप गरिएका ७ वटा केन्द्र समेत हाल १५ वटा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ । तारकेश्वर नुवाकोटको पर्यटकिय स्थान रहेको गापा हो ।

 


सर्वाधिक रुचाइएको