कमल विकेलाई ‘राष्ट्रिय संगीत’ पुस्कार

– डिसीले प्रदान गरे पुरस्कार
लोकखवर मनोरन्जन संवाददाता
२०८२ कार्तिक २३, आईतवार २२:००

बिदुर– यस वर्षको राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । कन्हैया–अन्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२ वरिष्ठ गायक कमल बिके निर्मोहीलाई प्रदान गरिएको हो ।
गायक कमल विके निर्मोहीको भने उपचार भइइरहेको छ ।

सङ्गीतकर्मी कन्हैयासिंह परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक कमल बिके निर्मोहीलाई ५१ हजार रुपैया नगद सहितको यस बर्षको सो पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए । उनलाई चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले सो पुरस्कार प्रदान गरे ।

कार्यक्रममा लोकप्रीय गायिका अन्जना गुरुङको ’एकल गायन’ प्रस्तुत गरिएको थियो । उनका सवै गितहरुले कार्यक्रममा सहभागी दर्शक, श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो ।


सर्वाधिक रुचाइएको