लोक तथा दोहोरीमा गुरुङ

– पद तथा गोपनियताको सपथ
लोकखबर
२०८२ कार्तिक २४, सोमबार २१:५४

बिदुर– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रसुवाको सातौं अधिवेशन उत्तरगयामा सम्पन्न भएको छ । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन गरेको छ ।

अधिवेसनले भक्तवहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयां कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेसनले प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितिय उपाध्यक्षमा सुमित्रा तामाङ, महिला उपाध्यक्षमा दिलमाया लामिनि, सचिवमा श्रीकृष्ण भट्ट, सहसचिवमा कमला गुरुङ, कोषाध्यक्षमा सुकमाया, तामाङ, सह कोषाध्यक्षमा नवीन घिमिरे चुनिएका छन् ।

सो अधिवेसनबाट सदस्यहरुमा भगवती देवकोटा, समीर पौडेल, प्रेमकुमारी गुरुङ, कमला गुरुङ, विश्व न्यौपाने, अंकिता तामाङ, सीताकुमारी न्यौपाने, शेरवहादुर गुरुङ चुनिएका छन् । उक्त अधिवेसनको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेंले उद्घाटन गरे ।

उनले नेपालको कला, संस्कृति, पहिचान तथा लोक भाकाको संरक्षणमा कलाकारहरु क्रियाशील रहेको वताए । कलाकाहरुको उत्थान र संरक्षणका लागि सवै तहका सरकारले साथ दिनु पर्ने उनले वताए ।

निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाले पद तथा गोपनियताको सपथ खुवाइन् । कार्यक्रममा प्रतिष्ठानकी बागमती प्रदेश सदस्य रिया घले, स्थानीय नीलकंठ माविका सहायक प्रअ केशब आचार्य, प्रतिष्ठानको रसुवाका पूर्व अध्यक्षहरू रेशम न्यौपाने, रेशम लामिछाने, लक्ष्मण डंगोल, राजकुमार थापामगरलगायतले लोक गीत संगीतको प्रवद्र्धन आवस्यक रहेको वताए ।


सर्वाधिक रुचाइएको