त्रिशूली र रणभुवनेश्वरी अन्तिम चारमा
बिदुर-विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्र्तगत शनिवार भएको क्वार्टरफाइनल चरणका दुर्ई खेलहरु सम्पन्न भएका छन् । दर्शकहरुले छात्रहरुको प्रतिस्पर्धात्मक र आकर्षक खेल हेरेर मनोरन्जन लिएका छन् ।
नुवाकोट फुटवल संघको आयोजनामा नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन भइरहेको प्रतियोगिता अन्र्तगत क्वार्टरफाइनल खेलवाट विजेता भई त्रिभुवन त्रिशूली मावि त्रिशूली र रणभुवनेश्वरी मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् । आक्रामक र प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइनल खेलमा त्रिभुवन त्रिशूलीले शहिद जगतप्रकाशजंग शाह संस्कृत माविलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरि प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

दोश्रो क्वार्टरफाइनल खेलमा रणभुवनेश्वरीले जालपादेवी वोर्डिङ स्कुललाई एकका विरुद्ध तीन गोलले पराजित गरि आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । प्रतियोगितामा विभिन्न २० विद्यालयलवाट छात्रतर्फ १६ र छात्रातर्फ चार टिम सहभागी भएका थिए ।
प्रतियोगिता स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सन्चालन गरिएको आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर २ गते हुने तय भएको छ ।













































