ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

– खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण
लोकखबर
२०८२ मंसिर १, सोमबार २१:५२

बिदुर- नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ । विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको वृद्धाश्रमले जनाएको छ ।

बिदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अधययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरुका लागि सोमवार खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु प्रापत भएको छ । खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ? आफु मेटाई अरुलाइ दिनु जहाँ छ भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा जुटेको संस्थाले प्रतिष्ठानमा पुगेर खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानमा आश्रित ४० जना वृद्ध बाआमाहरुलाई दैनिक भोजन गराउनको लागि चामल २ बोरा, तोरीको तेल २५ लिटर, बिस्कुट १ बाक्सा, मिक्स दाल २५ किलोग्राम, जिरा ३ केजी, धनिया ३ केजी, भुजिया १ बोरा, लुगा धुने सावुन १ बाक्सा, सरफ २० केजी, भाँडा माझ्ने साबुन २ दर्जन, मन्जन १ दर्जन र हात धुने साबुन २ दर्जन हस्तान्तरण गरेको हो । आयोजक ईभोड्रप र उमन्तु मुभमेन्ट नेपालद्वारा उक्त प्रतिष्ठानमा खाद्य सामग्रीका साथै वृद्ध बाआमाहरुका लागि दैनिक खाना र सरसफाई सामग्री प्रदान गरिएको हो ।

सामाजिक सेवामा रहेको ईभोड्रपका अध्यक्ष अनुप खड्का, सहजकर्ता विकल केसी र विनय पौडेलले उक्त सामग्रीहरु प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई प्रदान गरेका हुन् । उक्त खाद्य तथा स्वास्थय सामग्री ४० हजार रुपैया बराबरको रहेको छ ।

सामाजिक सेवामा विभिन्न स्थानहरूमा असहाय, गरिव, विपन्न, गरिब, पीछडिएका क्षेत्रहरूमा उक्त संस्थाले नियमित रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सहयोगलाई सदैव निरन्तरता दिइने सामाजिक सेवामा सक्रियता देखाइरहेको ईभोड्रपका अध्यक्ष अनुप खड्का, सहजकर्ता विकल केसी र विनय पौडेलले प्रतिवद्धता जनाएका छन् ।


सर्वाधिक रुचाइएको