राप्रपा दुप्चेश्वरको अधिवेसन

– नुवाकोटको विकासमा आफ्नो अतुलनीय योगदान रहेको डा. लोहनीको दावी
लोकखबर
२०८२ मंसिर १५, सोमबार २२:१६

बिदुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले संगठन विस्तार अभियान अनर्तगत दुप्चेश्वर गाउपालिकाको अधिवेशन गरेको छ । अधिवेसनले आगामी चार वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन गरेको छ । उक्त अधिवेसनको राप्रपाका पुर्व अध्यक्ष तथा पुर्व अर्थमन्त्रि डा.प्रकाशचन्द्र लोहनीले सोमवार उद्घाटन गरे । उनले देश परिवर्तनका जति नारा लगाए पनि ठुला भनिएका दलहरुले वास्तविक रुपमा जनताको मन जितन नसकेको आरोप लगाए ।

डा. लोहनीले मुलुक भ्रष्टाचारको दलदलेमा फसेको कारण नयाँ पुस्ताले आन्दोलन गर्नु पर्ने अवस्था आएको वताए । उनले दलहरु देशमा असफल भइसकेको टिप्पणी गरे । डा. लोहनीले समग्र नुवाकोटको विकासमा आफ्नो योगदान रहेको र सदैव गरिरहने वताए । उनले आफ्नो योगदानको कदर स्वरुप नुवाकोटवासीले आफुलाई सदैव सम्मान गरिरहेको पनि वताए ।

राप्रपाका सहायक महामन्त्री दीपककुमार राईले दलका नेताहरुले शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचारमा लागेपछि आक्रोसित युवा पुस्ताले आन्दोलन गरेको वताए । युवा पुस्ताले नसहेर आनदोलन गर्नु पर्ने स्थितिले सरकार परिवर्तन हुनु परेको उनले वताए । अधिवेसन उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जनकराज पाठक, सुदर्शन सिटौला, जिल्ला अध्यक्ष कुलवहादुर खडगी, क्षेत्रीय अध्यक्ष तेजवहादुर लामालगायतका लगायतले देशको विकासमा लागि अव राष्ट्रवादी शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको वताए । अधिवेशनले रामशरण थापाको अध्यक्षतामा रा्रपा दुप्चेश्वर पालिका कार्यसमिति गठन गरेको छ ।

२१ सदस्यीय समितिका सदस्यहरुमा बसन्त थापा, श्रीलाल तामाङ, जङ्वु तामाङ, रामहरी पण्डित, डेलबहादुर तामाङ, गोकर्ण थापा, रामु पण्डित, हर्क पण्डित, सविना पण्डित, मिना थापा, बावुराम थापा, रामचन्द्र आचार्य, नुरबहादुर आचार्य, ईश्वर पण्डित, मोहिमान तामाङ, वसन्त थापा, नवराज पण्डित, रामशरण थापा, रामप्रसाद अधिकारी रहेका छन् । राप्रपाले नुवाकोटको तारकेश्वर, किस्पाङ र शिवपुरीमा पालिका अधिवेसन गरिसकेको छ ।


सर्वाधिक रुचाइएको