क्षेत्रपालले जित्यो लिखुको राष्ट्रपति रनिङशिल्डको उपाधि
बिदुर– विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको लिखुमा आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

लिखु गाउँपालिकाले आयोजना गरेको तीन दिने आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुख प्रतियोगितामा लिखु गापा ४ को क्षेत्रपाल माविले उपाधि जितेको छ । प्रतियोगितामा क्षेत्रपालले २३ स्वर्ण पदक, नारायणदेवी माविले ३ स्वर्ण पदकसहित द्वितीय, महेन्द्र महेशदेव माविले २ स्वर्ण पदकसहित तृतीय भई पुरस्कार हात पारेको छ ।

तियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान जितेको विद्यालयहरुलाई क्रमश नगद १५ हजार, १२ हजार र नौहजार रुपैयासहित शिल्ःड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । विजेता तथा उपविजेताहरुलाई लिखु गापाकी उपाध्यक्ष सुभद्रा अधिकारीउप्रेतीले पुरस्कार प्रदान गरिन् ।

उनले खेल क्षेत्रको विकास, उत्थान र प्रवद्र्धनका लागि पालिकाले विशेष अभियान सन्चालन गरिरहेको वताइन् । उनले खेल जीवनवाटै विद्यार्थी खेलाडिहरुमा अनुशासनको अध्याय पनि सुरु भएको वताइन् ।

साथै विजयी खेलाडीहरुलाई लिखुका प्रमुख प्रशासकिय अधिकृत अशोक विष्ट, शिक्षा शाखाका प्रमुख शेरसिंह रावत, विभिन्न वडाका वडाध्यक्षहरुले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरे । प्रतियोगितामा लिखु गापाभित्रका माविका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।




















































