‘बले’ अभिनित चलचित्रको प्रदर्शन मिति तय

“‘डल्लेले इन्ट्री मा¥यो’ को फष्र्टलुकसंगै स्वरांकन धमाधम “
लोकखवर मनोरन्जन संवाददाता
२०८२ पुष ८, मंगलवार २२:०७

बिदुर– चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ अभिनित प्रतिक्षित चलचित्र ‘डल्लेले इन्ट्री मा¥यो’ को प्रदर्शन मिति तय भएको छ । यस चलचित्रको फस्र्ट लुक्ससंगै प्रदर्शन मितिसमेत नजिकिदै गएको छ । ‘बले’ उपनामले परिचित अभिनेता सागर लम्साल वले अभिनीत चलचित्र ‘डल्लेले इन्ट्री मा¥यो’ को फस्र्ट लुक्स सार्वजनिक भएसंगै यसको प्रदर्शन मिति र स्वरांकन कार्य सुरु भएको छ ।

यो चलचित्र आगामी चैत २७ गते शुक्रवारबाट प्रदर्शनमा ल्याउने तयारी भएसंगै स्वरांकनसमेत धमाधम भइरहेको निर्देशक राजु गिरीको भनाई छ । उनका अनुसार आफुले निर्देशन गरेकोमध्ये यस चलचित्र विशेष र पृथक रहेको छ । समाजकै कथामा निर्माण गरिएको यस चलचित्रले दर्शकको मन छुने निर्देशक गिरीको भनाई छ ।

चलचित्रको पहिलो सार्वजनिक फस्र्ट लुक्स पोस्टरमा चलचित्रका मुख्य अभिनेता सागर लम्साल (बले) देखिएका छन् । उनी हातको औँलाले सिगरेट तानेर मन्त्रमुग्ध परेको दृश्यमा देखिएका छन् । पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति चलचित्रले सकारात्मक सन्देश दिन खोजेको छ ।

सार्वजनिक पहिलो पोस्टरमा सागर लम्साल वलेलाई मात्रै देखाइएको छ । सो चलचित्रको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा गरिएको हो । यसकोे करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपासमा खिचिएको हो ।

राजु गिरीको निर्देशनमा निर्माणाधिन सो चलचित्रको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका हुन् । चलचित्रमा सागर लम्साल (बले) का साथै रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रवीन्द्र झा, रोशनी खड्का, कैलाश रावल, विशाल पहाडी, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, सुस्मा केसी, नवराज गिरीलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा निर्देशक राजु गिरी स्वयंले पनि अभिनय गरेका छन् । उनले यसअघि २२ वटा भन्दा बढी नेपाली चलचित्र लेखन र निर्देशन गरिसकेका छन् । बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरीलाई देख्न सकिन्छ । ‘कार्यविनायक फिल्म्स प्रालि’ को ब्यानरमा निर्माणाधिन सो चलचित्रलाई सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरीले मिलेर निर्माण गरेका हुन् ।


सर्वाधिक रुचाइएको