समाजको साधारण सभामा दौड प्रतियोगिता

– मेयर श्रेष्ठले गरे उद्घाटन
लोकखबर
२०८२ पुष १०, बिहीबार २२:४२

बिदुर– ’तुप्चे–काठमाडौँ एकता समाज’को २१औँ बार्षिक साधारणसभा का अवसरमा खेलकुद प्रतियोगिता सन्चालन गरिएको छ । साधारण सभासहितको खेलकुद प्रतियोगिताको कार्यत्रक्रमकावीच उद्घाटन गरिएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विहीवार तुप्चे काठमाडौँ एकता समाजको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रमहरूको उद्घाटन गरे ।

उनले सामाजिक विकासका लागि समाजले सदैव क्रियाशीलता देखाउनु पर्ने वताए । साधारण सभाका अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म भलिबल, डोरी तान्ने, सामूहिक नृत्य, कविता वाचन, एभरेष्ट मेमोरी क्विज, साहित्य लेखन प्रशिक्षण, विद्यालयलाई पुस्तक वितरण, एसईईमा उत्कृष्ट छात्र÷छात्रालाई ’कर्ण–शिवकुमारी छात्रवृत्ति’ प्रदान लगायतका कार्यक्रमहरु सञ्चालन हुने समाजका अध्यक्ष सीताराम थापाको भनाई छ ।

सम्पन्न दौड प्रतियोगितामा छात्रातर्फ ३ किमी दौडमा बच्छला माविकी सपना तामाङ प्रथम भइन् । उनले निर्धारित दौड १५ मिनेट १ सेकेण्डमा पुरा गरिन् । चण्डेश्वरी माविकी प्रकृति घले दोश्रो भइन् । बच्छला माविकी सम्झना तामाङ तृतीय भइन् ।

खुल्ला छात्रातर्फ ५ किमी दौडमा जयराम थापामगर प्रथम भए । उनले निर्धारित दौड २२ मिनेट ३० सेकेण्डमा पुरा गरे । इनोस तामाङ दोश्रो भए । उनले २२ मिनेट ४० सेकेण्डमा दुरी पार गरे । नबीन विक तृतीय भए ।

उनले २३ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेको खेलकुद कार्यक्रमका संयोजक रामहरि अधिकारीले जानकारी दिए । समाजको वार्षिक साधारणसभा–कार्यक्रममा विदुर नपां ७ का वडाध्यक्ष रबिन्द्र नेपाल, त्रिशूली अस्पताल समिति अध्यक्ष उपेन्द्र बुढाथोकी, विद्यालयका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, खेलप्रेमी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको