युवा क्लबलाई खेलकुदका सामग्री

– विभिन्न खेल सामग्रीहरु हस्तान्तरण
लोकखवर खेल संवाददाता
२०८२ पुष १७, बिहीबार २२:४४

बिदुर– गाउंका युवा समुदायको खेल क्षेत्रप्रतिको लगावको निरन्तरताका लागि नुवाकोटको पशिचमी भेगमा रहेको गोस्र्याङका दुई युवा क्लबलाई खेलकुद सामग्री उपलव्ध गराइएको छ । ति खेल सामग्रीहरु सम्वन्धित युवा कलवका पदाधिकारी, सदस्यहरुलाई हस्तान्तरण गरिएको छ ।

तारकेश्वर गाउंपालिकाले तारकेश्वर गापा ५ स्थित दुई युवा क्लबलाई तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले कार्यक्रमकावीच खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेल सामग्रीहरु हस्तान्तरण गर्दै उनले ग्रामीण युवाले खेलकुद क्षेत्रलाई प्रभावकार िर सक्रिय वनाउनु पर्ने समय आएको वताए ।

गापा कार्यालय दाङसिङमा अध्यक्ष अधिकारीले तारकेश्वर गापा ५ स्थित गोस्र्याङ एकता युवा क्लब र कल्लेरी डाँडा युवा क्लबका प्रतिनिधिलाई तारकेश्वर गापाका तर्फबाट खेल क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । तारकेश्वर गापाको युवा तथा खेलकुद विकास कार्यक्रम अन्तर्गत ’खेलकुदको सारथी तारकेश्वर गाउँपालिका’ भन्ने नाराका साथ युवाहरूसँग सहकार्य गर्दै खेलकुदको विकासमा सहयोग पु¥याउने उद्देश्यले ति युवा क्लबहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको अध्यक्ष अधिकारीले बताए ।

युवा क्लबहरूसँगको सहकार्य र सहयोगमा खेलकुद विकासको खेल विस्तार अभियान निरन्तर सञ्चालन भइरहने अध्यक्ष अधिकारीले बताए । यसवाट युवाको क्षमता विकास, जागरण तथा सशक्तिकरणका कार्यहरू सञ्चालनमा मद्धत पुग्ने उल्लेख गर्दै युवा क्लबहरूसँगको सहकार्यमा खेलकुद विकाससम्बन्धी अभियान निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

खेल सामग्रीहरु वुझ्दै ति युवा क्लबका पदाधिकारी तथा सदस्यहरुले प्राप्त खेलकुद सामग्रीहरुको सहयोगले स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा थप सक्रिय बनाउने वताए । गाउंमा खेलकुद गतिविधि गर्नसमेत मद्धत पुगेको उनीहरुको भनाई छ ।

 


सर्वाधिक रुचाइएको