नवसन्जिवनीले जित्यो पन्चकन्यामा राष्ट्रपति रनिङशिल्डको उपाधि

– विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान
लोकखवर खेल संवाददाता
२०८२ पुष २२, मंगलवार २३:०१

बिदुर– विद्यालयस्तरवाटै खेलकुदको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सन्चालित छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतिथयोगितामा नवसञ्जीवनी माविले उपाधि जितेको छ ।

चार दिनसम्म सञ्चालित पञ्चकन्या गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सर्वाधिक पदक जितेर नवसन्जिवनीले उपासध उचालेको हो । कालिका माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ वटा माविका विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नवसञ्जीवनी माविले १० स्वर्ण ४ रजत र २ कास्यपदकसहित प्रथम भएको हो । ९ स्वर्ण ४ रजत र ७ कास्य पदकसहित इन्द्रायणी मावि द्वितीय र २ स्वर्ण २ रजत र ५ कास्य पदकसहित पञ्चकन्या मावि तृतीय हुन सफल भएका छन् ।

विजेता विद्यार्थी र विद्यालयलाई पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी, वडाध्यक्षहरुले शिल्ड, मेडल, ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । प्रमुख अतिथी गापा अध्यक्ष तामाङले खेल क्षेत्रको विकास र खेलाडिहरुके पहिचानका लागि गापाले विशेष कार्य गरिरहेको वताए ।

गापामा सन्चालित उक्त प्रतियोगिताले ग्रामीण भेगमा खेलाडिहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासमा मद्धत गर्ने लक्ष्य रहेको गापा उपाध्यक्ष विमला पाठककेसीको भनाई छ । खेलकुदमार्फत गाउंका विद्यार्थीहरुको शारिरीक तथा सामाजिक विकासमा प्रभावकारीता रहने उनले वताइन् ।


सर्वाधिक रुचाइएको