खेलकुद उत्सवको तयारी

– स्थल निर्माणलगायत धमाधम
लोकखवर खेल संवाददाता
२०८२ पुष २३, बुधबार २२:११

बिदुर– खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको कोलोनीमा आयोजित प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सवको तयारी धमाधम भइरहेको छ । स्थल तथा अन्य निर्माण कार्य भइरहेको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यहि पुस २५ गते शुक्रवारदेखि विदुर नपा ९ कोलोनीमा नुवाकोटको खेलकुद, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले खेलकुद उत्सव आयोजना गरिएको छ । खेल उत्सवमा खेल उद्यान, खेलकद प्रतियोगिताहरुलगायत विविध साहसिक खेल, सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवद्र्धनका आकर्षणहरू समावेश गरिएको आयोजक समितिका संयाजक विजय गुरुङले जानकारी दिए ।

उनका अनुसार खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा पहिलो पटक खेलकुद उत्सव आयोजना गरिएको हो । गुरुङका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ खेल उत्सव आयोजना गरिएको हो ।

खेलकुद उत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिनेछ भने स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु यस वर्षको प्रमुख लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन कार्यक्रम फलदायी हुने आयोजकको विश्वास रहेको छ ।

समितिका सदस्य सचिव सन्तोषी वैधका अनुसार खेल उत्सवका आवस्यक कार्य तयारीका कामहरू तिव्र गतिमा अघि बढिरहेका छन् । आयोजकहरूले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी र युवा वर्गलाई उत्सवमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।


सर्वाधिक रुचाइएको