एकिकरण टर्चलाइट बोकेको टोली नुवाकोटमा
बिदुर– नेपाल एकिकरण र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि सन्चालित एकीकरण पदमार्ग पैदलयात्राको टोली नुवाकोट आइपुगेको छ । नुवाकोटको म्यागङ र बिदुर नपामा एकिकरण टर्चलाइट वोकेको टोलीलाई जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका छन् । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा सञ्चालित गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ एकीकरण पदमार्ग कार्यक्रमअन्तर्गत एकिकरण टर्च वोकेको सेनाको अधिकृतसहितको ४० जनाको टोली वुधवार वेलुकी नुवाकोटको शुभघाट आइपुगेको छ ।

उक्त टोलीले नुवाकोटको म्यागङ, विदुर नपा, लिखु गापा, ककनी गापामा चार दिने एकिकरण टर्च वोकेर पदयात्रा गर्नेछ । एकिकरण टर्च वोकेकुो सेनाको पदयात्रा पुस २३ गते वुधवारदेखि २६ गते शनिवारसम्म नुवाकोटमा रहेर ककनीको पुर्वी भेगवाट काठमाडौ प्रस्थान गर्नेछ । एकीकरण मार्गको रुपमा रहेको नुवाकोट र धादिङको सिमाना भ¥याङभुरुङमा भैरव गणसंग नुवाकोटको शेर गणले एकिकरण टर्च र झण्डा वुझेको हो ।

नेपाली सेनाले पुस २१ ग्ते गोरखादेखि सुरु गरेको एकीकरण पदयात्राको ‘टर्च’ धादिङ हुदैं नुवाकोटको म्यागङ आइपुग्दा म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङलगायतले स्वागत गरेका हुन् । सेनाको एकिकर।ण पदयात्राको टोली नुवाकोटको शुभघाट, नुवाकोट दरवार क्षेत्र, चतुराले, ककनी हुदै ओखरपौवाट यहि पुस २६ गते काठमाडौं प्रस्थान गर्नेछ । नुवाकोटको शेर गणले ओखरपौवावाट उक्त दिन भैरवी दल गणलाई एकिकरण टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

उक्त पदयात्रालाई नुवाकोट प्रवेश गरेपछि म्यागङ गापा अध्यक्ष आशाबहादुर तामाङ, उपाध्यक्ष सीता वाइलगायतले स्वागत गरेको थियो । सेनाको पदयात्रा टोली वेलुकी विदुर नपाको शुभघाट आएर बास वसेको छ । उक्त टोलीलाई विदुरका जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले ६ वर्षदेखि गोरखा–धादिङ–नुवाकोट–काठमाडौ एकिकरण टर्चसहितको पदयात्रा सुरु गरेको हो । पदयात्राको टोलीले पुस २४ गते विहीवार शुभघाटबाट दोस्रो दिनको पदयात्रा सुरु गरि नुवाकोटको महामण्डल डाँडा, ऐतिहासिक नुवाकोट दरबार हुँदै चतुरालेसम्म पुग्नेछ । नुवाकोट दरबार परिसरमा विदुर नपा, जिल्ला प्रशासन, सुरक्षा निकाय, भूपू सैनिक संघ, स्थानीय क्लब तथा समुदायको सहभागितामा पञ्चेबाजा र धिमे बाजासहित विभिन्न कार्यक्रम गरिने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

उक्त कार्यक्रममा पृथ्वीजयन्ती र एकीकरण मार्ग पदयात्राको ऐतिहासिक महत्वबारे अन्र्तक्रिया गरिने कार्यक्रम रहेको छ । पुस २५ गते शुक्रवार नुवाकोटमा पदयात्राको तेस्रो दिन चतुरालेबाट ककनी गापाको रानीपौवासम्मयात्रा सञ्चालन हुने छ ।

पुस २६ गते शनिवार नुवाकोटतर्फको अन्तिम दिन रानीपौवाबाट पदयात्रा सुरु भई नुवाकोट–काठमाडौं सिमानाको ओखरपौवामा पुगेर टर्च तथा झण्डा काठमाडौको टोलीलाई हस्तान्तरण गरिने नेपाली सेनाको शेर गणमा गणपति प्रमुख सेनानी अशोककुमार मल्लको भनाई छ । शेर गणले पञ्चेबाजासहित एकिकरण पदयात्राको टर्च र झण्डा भैरवी दल गण काठमाडौंलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।













































