किसानलाई निःशुल्क तरकारीको विउ
बिदुर– किसानहरुलाई आधुनिक खेति प्रणालीका सम्वन्धमा जानकारी दिने उद्धेश्यले नुवाकोटको पशिचमी भेगमा रहेको चैनपुरमा निःशुल्क रुपमा तरकारीको विउ प्रदान गरिएको छ । किसानहरुलाई प्रशक्षिणसमेत प्रदान गरिएको छ ।

विदुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा विदुर ६ चैनपुरमा तरकारी खेति सम्वन्धि घुम्ती स्थलगत तालिम प्रदान गरिएको हो । तालिममा सहभागी कृषकहरूलाई तरकारी बालीको मीनिकिट (बिउ) पनि निःशुल्क वितरण गरिएको छ ।

तीन दिनसम्म सन्चालित तालिममा कृषि प्राविधिकहरुले सहभागी किसानहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक खेति प्रणालीका सम्वन्धमा जानकारी गराएका थिए । सोही कार्यक्रममा मौसमी र वेमौसमी तरकारी खेति प्रणालीका सम्वन्धमासमेत किसानहरुलाई आवस्यक तालिम प्रदान गरिएको छ ।

विदुर नपाले किसानहरुलाई आत्मनिर्भर वनाउने कार्यक्रम अनर्तगत उक्त कार्य सुरु गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । स्थानीयस्तरका लागि आवस्यक तरकारी स्थानीय भेगमै उत्पादन गरि तरकारी निर्यात गर्ने उद्धेश्य रहेको उनले वताए ।

















































