प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु
बिदुर– खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको कोलोनीमा आयोजित प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव सुरु भएकोे छ । महोत्सवको शुक्रवार विशेष कार्यक्रमकावीच उद्घाटन गरिएको छ । नुवाकोटको शक्ति, खेलकुद र संस्कृति भन्ने मुल नाराको साथ आयोजित उक्त महोत्सवको वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि वहादुरसिंह लामाताङले उद्घाटन गरे ।

उनले खेलकुदको विकास र विस्तार तथा खेलाडिहरुको पहिचान र प्रवद्र्धनका लागि महोत्सव सार्थक हुने वताए । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा शुक्रवारदेखि विदुर नपा ९ कोलोनीस्थित खेलकुद विकास समितिको परिसरमा नुवाकोटको खेलकुद, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले खेलकुद उत्सव सन्चालन गरिएको छ । महोत्सवमा खेल उद्यान, खेलकुद प्रतियोगिताहरुलगायत विविध साहसिक खेल, सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवद्र्धनका आकर्षणहरू समावेश गरिएको आयोजक समितिका संयोजक विजय गुरुङले जानकारी दिए ।

उनका अनुसार खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको हो । गुरुङका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ खेल महोत्सव सुरु गरिएको हो । खेलकुद महोत्सव उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजिन्द्रविक्रम सिंहठकुरी, विदुर नपाका मेयर राजन श्रेष्ठलगायतले मानव जीवनको सकारात्मक गतिविधिका लागि यस प्रकारका महोत्सव सार्थक हुने वताए ।

महोत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएका छन् । खेल प्रवद्र्धन, उत्थान र स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु महोत्सवको प्रमुख लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन कार्यक्रम फलदायी हुने आयोजकको विश्वास रहेको छ ।

खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको कोलोनीमा आयोजित प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सवमा होटेल, स्थानीय उत्पादनको सामग्रीहरुको ३० वटा विशेष स्टल रहेका छन् । राष्ट्रिय तथा स्थानयि कलाकारहरुको द्रनिक प्रस्तुती रहने जनाइएको छ । आयोजक समितिका अनुसार खेल महोत्सवको प्रत्येक दिन खेल तथा कलाकारहरुको प्रदर्शन, स्थानयि उत्पादन तथा परिकारको वजारीकरणलाई प्रमुखता दिइनेछ ।

महोत्सवले खेलाडिहरुको पहिचान, प्रवद्र्धनका लागि र युवा वर्गलाई समावेश गराउने उद्धेश्य रहेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङले खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको वताए । गुरुङका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ खेल उत्सव आयोजना गरिएको हो ।

खेलकुद उत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिनेछ भने स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु यस वर्षको प्रमुख लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन कार्यक्रम फलदायी हुने आयोजकको विश्वास रहेको छ ।


































































