चलचित्र विकासका लागि एकजुट हुनुपर्ने
बिदुर– समयानुकुल परिवर्तन भई दर्शको भावन समेटेर नेपाली चलचित्र निर्माण गरिनु पर्ने यस सम्वन्धि अन्तक्रियामा जोड दिइएको छ । चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रकर्मीहरु एकजुट हुनुपर्ने ठहर गरिएको छ ।

चलचित्र विकास बोर्डमा आयोजित “चलचित्र क्षेत्रको आगामी कार्यदिशा विषयक अन्र्तक्रिया कार्यक्रम” मा सहभागीहरुले दर्शकको रोजाई र भावनालाई समेटेर नेपालको गरिमा वढ्ने चलचित्र वनाइनुपर्ने निष्कर्श निकालेका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपालको चलचित्र क्षेत्रले निकै अवसर र सम्भावना वोकेको वताए ।

उनले चलचित्रको प्रवद्र्धनका लागि सरकार सदैव सकारात्मक रहेको पनि वताए । सोही कार्यक्रममा सन्चार सचिव राधिका अर्यालले चलचित्रकर्मीहरुले नेपालका दर्शकको भावना र आवस्यकतालाई समेटेर समसामयिक चलचित्रमा जोड दिनुपर्ने सुझाव दिइन् ।

सोही कार्यक्रममा विशिष्ट कलाकार सुनील थापालाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान तथा २० हजार रुपैया नगदसहित सांस्कृतिक रूपान्तरण पुरस्कार कलाकार नाजिर हुसेनलाई प्रदान गरिएको छ । यसअघि संबिधान दिवसको अवसरमा नगद तथा सम्मानपत्रसहित नायक शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, यशकुमार, ध्रुव लम्साल, रम्यता लिम्बु, सम्झना उप्रेती, युवराज लामा, हेमन्त बुढाथोकी, किसन पोखरेल, रिमेश अधिकारी, रेनिस फागो, अन्जु पन्त तथा दिवंगत केशव भट्टराईलाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा बोर्डबाट सञ्चालन गरिने ११ वटा दक्षता अभिवृद्धि तालिम कार्यक्रमहरूको औपचारिक घोषणा गरिएको छ । यसैवीच, नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ शुभारम्भ गरिएको छ ।

नेपाली डिजिटल मनोरञ्जन उद्योगमा नयाँ अध्याय थप्दै ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ओटीटी प्लेटफर्मको उद्घाटन गरेका हुन् ।

युएनए इन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको उक्त ओटीटी प्लेटफर्म विभिन्न ब्राउजर तथा टिभी संस्करणमा उपलब्ध हुनेछ । सुरुवातमा नेपाली कन्टेन्टमा केन्द्रीत हुँदै करिब ६ करोड रुपैयाँ लगानीसहित ओटीटी सञ्चालनमा आउन लागेको जानकारी दिइएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र तथा डिजिटल कन्टेन्टको बजार विस्तारमा यस प्रकारका प्लेटफर्महरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘युएनए डिजिटल’ मार्फत नेपाली फिल्म, ओरिजिनल सिरिज तथा शोका साथै भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि क्रमशः दर्शकमाझ ल्याइने तयारी रहेको छ ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्र, डिजिटल प्लेटफर्म तथा नवीन प्रविधिमैत्री पहलहरूलाई प्रवद्र्धनं स्वागत र प्रोत्साहन गरिरहेको छ ।


















































