चलचित्र घरहरुलाई प्रशिक्षण

– चलचित्र विकास शुल्क सम्वन्धि प्रशिक्षण
लोकखवर मनोरन्जन संवाददाता
२०८२ पुष ३०, बुधबार २३:३४

बिदुर– चलचित्र घरहरूका लागि “चलचित्र विकास शुल्क पोर्टल” को सैद्धान्तिक एवं प्रयोगात्मक सम्बन्धी प्रशिक्षण दिइएको छ । चलचित्र विकास शुल्क सम्वन्धि प्रशिक्षण दिइएको हो ।

चलचित्र विकास बोर्डद्वारा न्चालित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका कुल २७ चलचित्र घरका ३८ जना प्रतिनिधि तालिममा सहभागी भएका थिए । दुई दिनसम्म सन्चालित तालिममा चलचित्र विकास शुल्कसम्बन्धि विद्यमान कानूनी व्यवस्था, यसको कार्यान्वयन अवस्था, डिजिटल पोर्टलको आवश्यकता र औचित्य, साथै शुल्क व्यवस्थापनमा पोर्टलको प्रभावकारिताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

उक्त तालिम देश भरका हलहरुलाई प्रदान गरिने तयारी रहेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । तालिममा डिजिटल पोर्टलको आवश्यकता र औचित्य, साथै शुल्क व्यवस्थापनमा पोर्टलको प्रभावकारिताबारे विस्तृत जानकारी प्रदान गरिएको थियोे ।

साथै, सहभागीहरूलाई पोर्टलको सैद्धान्तिक अवधारणासँगै व्यवहारिक प्रयोगसम्बन्धि प्रशिक्षणसमेत दिइएको थियो । तालिमको समापन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास शुल्क पोर्टलले शुल्क संकलन र व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, सहज र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे ।
उनले अगाडि भने “डिजिटल प्रणालीमार्फत शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदै चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्नु बोर्डको प्राथमिक लक्ष्य हो । यस पोर्टलले दीर्घकालीन रूपमा उद्योगको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

यसअघि बोर्डले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाका चलचित्र घरहरूका लागि पनि यस्तै तालिम प्रदान गरिसकेको छ । चलचित्र विकास बोर्डले यस्ता तालिम कार्यक्रममार्फत चलचित्र उद्योगलाई डिजिटल प्रणालीसँग आबद्ध गर्दै शुल्क व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।


सर्वाधिक रुचाइएको