चन्दनीसहित विभिन्न स्थानमा २९ हल गोरु जुधाइयो, देशकै पहिचान र संस्कृतिको रुपमा विकसित हुदै

विजेता, उपविजेता दुवैलाई नगद, अधिकतम ३० हजार रुपैयासम्म पुरस्कार
देवचन्द्र भट्ट
२०८२ माघ १, बिहीबार २३:२१

बिदुर– स्पेनको वुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरु जुधाई महोत्सव विहीवार नुवाकोटको तारुकाको चन्दनीसहित विभिन्न स्थानमा गरिएका छन् । सदियौदेखी प्रत्येक वर्षको माघे संक्रान्तीका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा गोरु जुधाउने मेलाको रुपमा देशकै एकमात्र नमूना र पहिचानको रुपमा स्थापित र परिचित भइसकेको छ ।  सदरमुकाम विदुरदेखि ३० किलोमिटर दक्षिणपश्चिममा रहेको तारुकाको पर्यटकिय गाउं चन्दनीमा गरिदै आएको गोरु जुधाई यसवर्ष विहीवार १३ हल गोरु जुधाइएको छ ।

माघे संक्रान्तिका अवसरमा नेपालको मुख्य स्थान तारुकाको चन्दनीमा यस पटक विशेष महोत्सवको रुपमा यस वर्षको गोरु जुधाई मेला गरिएको  हो ।  नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिका ३ चन्दनीमा यस वर्ष छनौट गरेर १३ हल गोरु जुधाइएको हो ।  नेपालको एकमात्र स्थान नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा सदियौं पुरानो पहिचान, सांस्कृतिक मेला नमूना, पर्व र पहिचानको रुपमा विशेष रुपमा गोरु जुधाइने गरिएको छ ।

मेलामा गोरु जुधाएका गोरुपालक विजेता तथा उपविजेता किसानहरुले नगद पुरस्कार थापेका छन् । तारुकामा जुधाईएका गोरुहरु तीन वर्गमा वर्गिकरण गरि  यस वर्ष गोरु जुधाई सम्पन्न भएको हो ।  सांस्कृतिक सर्वोच्चतासहित नुवाकोटको तारुकामा माघे संक्रान्ति मेला भव्य रूपमा सम्पन्न भएको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले वताएका छन् ।

उनले मेला सम्पन्न गर्ने सवै पक्षलाई आभार व्यक्त गर्दै बधाई दिएका छन् । उनले निरन्तरतामा क्रमभंगता गर्दै तारकेश्वरको गौरव माघे संक्रान्ति मेला भव्यतापूर्वक सम्पन्न भएको वताए । उनले मेलालाई राजनीतिक दाउपेच र भाषणबाजीबाट मुक्त गरी विशुद्ध सांस्कृतिक र नोरञ्जनात्मक पर्वका रुपमा मनाउन आफूले गरेको आग्रह अनुरूप सांस्कृतिक सर्वोच्चता कायम राख्दै सभ्य, भव्य र मनोरम ढङ्गले मेला सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै मेला व्यवस्थापनमा खटिएका विभिन्न जनप्रतिनिधि, कर्मचारी, गोरुपालाक किसान, स्थानीय समाजसेवी, स्वयंसेवक, सर्वसाधारण तथा मेलामा आएका हजारौं आगन्तुक व्यक्तिहरूप्रति हार्दिक बधाई तथा आभार प्रकट गरेका छन् ।


तारकेश्वर ३ को चन्दनी कटरबोटमा सदियौंदेखि माघे संक्रान्तिका दिन आयोजना हुँदै आएको ऐतिहासिक गोरु जुधाइ प्रतियोगितासहितको सांस्कृतिक मेलालाई भव्य, सभ्य, मनोरम र राजनीतिक विभाजनमुक्त पर्वका रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष अधिकारीले विभिन्न पांच बुँदाहरूमा सुझाव दिएका थिए ।

तारुकाको साथै नुवाकोटको विदुर नगरपालिका १० वेत्रापति, पन्चकन्या गाउंपालिका ३ मिलडांडामा विहीवार विशेष रुपमा गोरु जुधाइएको छ । तारुको चन्दनीमा १०, वेत्रावतिमा ११ र पन्चकन्यामा पांच हल गोरु जुधाइएका हुन् ।  तारुकामा गोरु जुधाई दुई सय वर्ष अगाडिदेखि गरिदै आएको र आफुले ४० वर्षदेखि गोरु जुधाउंदै आएकोे गोरु जुधाई मेला मुल्यांकन समितिका सदस्य गोरुपालक किसान मदनकुमार श्रेष्ठले वताए ।

तारुकाको गोरु मेलाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चर्चा पाइसकेका कारण प्रदेश तथा केन्द्र सरकारले यसलाई राष्ट्रिय संस्कृतिको रुपमा विकास गरिनु पर्ने तारुकाका अगुवा वृद्ध झमवहादुर प्रधानको भनाई छ । तारुकाको चन्दनी पुगेर हजारौं सवर्जसाधारणले गानेरु जुधाई अवलोकन गरेका छन् । तारुकाको  गोरु जुधाई नुवाकोटको मात्र नभई देशकै पहिचान र स्थानीय सांस्कृतिक पर्वको रुपमा विकसित भइरहेका कारण यसलाई राष्ट्रियकरण गरिनुपर्ने तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले वताए ।

उनले तारुकाको गोरु जुधाई सांस्कृतिक पर्वको संरक्षण र सम्वद्र्धनका लागि गापाले सक्दो कार्य गर्ने वताए ।  तारुकाको गोरु जुधाइलाई नेपालकै संस्कृतिको रुपमा विकास गरिनु पर्नेमा जोड दिदै अध्यक्ष अधिकारीले मौलिक पहिचान र संस्कृति वोकेको यस मेलालाई यसै वर्षदेखि अतिथीहरुको भाषणमुक्त गरिएको वताए । उनले हजारौं सहभागी भएर अतिथी र भाषणमुक्र वातावरणमा गोरु जुधाई सांस्कृतिक मेलाको अवलोकन गरेको वताए ।

नेपालमै नुवाकोटमा मात्र जुधाइने माघेसङ्क्रान्तिमा मेलाको अवसरमा गरिने गोरु जुधाईलाई सांस्कृति पर्वको रुपमा प्रवद्र्धन गरिएको  मेलाको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सहकार्य गर्नुपर्ने आवस्यकता रहेको उनको भनाई छ ।  उनले गोरु जुधाउने मेला नेपालकै पहिचान भएका कारण यसको सम्वद्र्धनमा तीनै तहको सरकारले प्राथमिकता दिइनु पर्ने वताए ।

उनले तारुकाको चन्दनी गोरु जुधाई सांस्कृतिक पर्वले राष्ट्रिय चर्चा पाइसकेको र अन्र्तराष्ट्रियस्तरमा पुग्ने क्रममा रहेको  वताए ।   तारुकाको चन्दनीका साथै यस वर्ष नुवाकोटका विभिन्न स्थानमा गरि २९ हल गोरुवीच भिडन्त गरिएको छ । चन्दनीमा १३, वेत्रावतिमा ११, पन्चकन्यामा पांच हलका साथै शेरावगर, तादी, थानसिङलगायतका स्थानमासमेत गोरु जुधाइएको छ ।

माघे सक्रान्तिका अवसरमा सदियौंदेखि नुवाकोटको पर्यटकिय तारुकामा गोरु जुधाउने परम्परा अन्यत्रसमेत वढ्दै गएको छ । यसवर्ष माघेसंक्रान्तिमा नुवाकोटकै विभिन्न स्थानमा गरी २९ हल गोरु जुधाइएकोे हो ।  चन्दनीमा  गोरुलाई छनौट गरि जुधाइएको हो ।

क वर्गको विजेता गोरु धनीलाई १० र उपविजेता गोरुका धनीलाई नौ हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।  ख वर्गको विजेता गोरु धनीलाई आठ हजार पांचसय र उपविजेता गोरुका धनीलाई सात हजार पांचसय रुपैया पुरस्कार प्रदान गरिएको छ । यस्तै ग वर्गको विजेता गोरु धनीलाई ६ र उपविजेता गोरुका धनीलाई पांच हजार रुपैया पुरस्कार तत्काल प्रदान गरिएको छ ।

तारुकाको चन्दनी पुग्न त्रिदेशिय मार्गअन्तर्गतको गल्छी–देवीघाट सडकमार्गको वीचमा रहेको तारुकाघाटवाट पुग्न सकिन्छ भने तारुकाघाटमा पक्कि मोटरेवल पुल वनाउनु पर्ने नुवाकोटवासीको माग रहेको छ ।  नेपालको सांस्कृतिक मेला प्रवद्र्धनका साथै ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्धेश्यले तारुकामा दुई दशकदेखि व्यवस्थित रुपमा गोरु जुधाई सांस्कृतिक मेला गरिदै आएको छ ।   नेपालकै एकमात्र मेला तथा सांस्कृतिक पहिचान गोरु जुधाई मेलालाई राष्ट्रिय पर्व वनाउनु पर्ने स्थानीयवासी तथा तारकेश्वर गापा ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठको भनाई छ ।

उनले तारुकाको पहिचान र सांस्कृति उत्सव राष्ट्रिय मात्रै नभई अन्र्तराष्ट्रिय चर्चाको विषय भइसकेकोसमेत वताए । मेलास्थल पुग्नका लागि तारुकाघाटदेखि चन्दनी पुग्ने वाटो पुर्ननिर्माण तथा कालोपत्रे भइरहेको छ । यद्यपि, अधिकांश स्थानमा मोटरवाटो ढलान तथा कालोपत्रे गर्न वांकी रहेको छ ।

मेलास्थल आउनको लागि सडकको मर्मत, सफाई, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको उचित व्यवस्था गरिएको थियो । गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम गरिएको मेलाका मुख्य संरक्षक तथा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले बताए  ।  यस मेलालाई सरकारले राष्ट्रिय पहिचानसहितको सांस्कृतिक मेलाको रुपमा परिचित गराउनु पर्ने स्थानीय युवा चोकराज शाक्यले वताए ।
उनले चन्दनीको गोरु जुधाई नुवाकोटको मात्रै नभई राष्ट्रियस्तरको मेलाको रुपमा चर्चित भइसकेको कारण सरकारले यसलाई अपनत्व लिनु पर्ने वताए ।    सहभागी गोरुको उपचार तथा गोरु धनीहरुलाई प्रोत्साहन हुने विविध कार्यहरुको थालनी गरिएको आयोजकको भनाई छ ।  तारुकाको पौरख नेपालको गौरव भन्ने मूल नाराका साथ यस वर्ष वृहत रुपमा गोरु जुधाई सांस्कृतिक उत्सव गरिएको हो ।
युरोपको स्पेनमा वुलसंग मान्छे फाइट गर्छन भने एशियाको देश नेपालको तारुकामा मात्रै मौलिक रुपमा गोरु गोरुवीच प्रतिस्पर्धा गराइने परम्परालाई सरकारले स्थायित्व गर्नु पर्ने नुवाकोटवासीले माग गरेका छन् ।  तारुकाको गोरु जुधाई मेलामा गोरु जुधाई मुल्यांकन समितिले विभिन्न श्रेणी निर्धारण गरेर जुधाइएका कतिपय गोरु लामो समयसम्म  जुधेका कारण छुट्ट्याउनु परेको थियो ।  हल गोरुहरु जुधेको हजारौं दर्शकले धित मरुन्जेल चारैतीरवाट अवलोकन गरे ।
सवैभन्दा पहिले जुधाइएका राजु मिजारको गोरुले रामशरण अछामीको गोरुलाई पराजित ग¥यो । प्रकाश रेग्मीकोे गोरुले र उद्धव ढकालको गोरुलाई मैदानस्थलमा घुंडा टेकायो । राजु मगरको गोरुले रामशरण अछामीकोे गोरुलाई पराजित गरेको थियो ।  राजन श्रेष्ठको  गोरुले ठुलोकान्छावहादुर गुरुङको गोरुलाई पराजित ग¥यो ।   लोकमान श्रेष्ठको गोरुले  युवावहादुर मगरकोे गोरुलाई मैदानमा घुंडा टेकायो ।
लोकवहादुर श्रेष्ठको गोरुलाई वलवहादुर भुजेलको गोरुले मैदानवाट पार लगायो । अनीता भण्डारीको गोरुले गौतम गुरुङको गोरुलाई पराजित ग¥यो ।  म्निदप श्रेष्ठको गोरुले तोयानाथ ढकालको गोरुलाई उपविजेतामा सिमित वनायो ।
वीरवहादुर गुरुङको गोरुले धनवहादुर मगरको गोरुलाई लखेट्यो ।  भोजवहादुर भण्डारीको गोरुले तारामान अधिकारीको गोरुलाई उपविजेता वनायो । रोशन अधिकारीको गोरुले गंगालाल श्रेष्ठ र कृष्णमान श्रेष्ठको गोरुले कृष्णलाल श्रेष्ठको गोरुलाई पराजित ग¥यो ।
जुध्ने क्रममा कतिपय गोरुका सिंङ र खुट्टावाट रगत आए । उनीहरुको प्राथमिक उपचार गरिएको छ ।  तारुका गोरु जुधाई मेला व्यवस्थापन समितिले प्रत्येक गोरुका धनी किसानसंग फिर्ता हुने गरि एक हजार रुपैया दर्ता शुल्क लिएको थियो ।
यस वर्ष गोरु जुधाई मेलालाई ‘सांस्कृतिक पर्व’का रूपमा सञ्चालन गरिएको हो ।  उता, नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गापा ३ मिलडांडामासमेत गोरु जुधाइएको छ । सो स्थानमा पांच हल गोरु जुधाइएको आयोजक समितिका अध्यक्ष शिवहरि विष्टले वताए ।
नवप्रतिभा युवा समाजको आयोजनामा  भएको गोरु जुधाइमा पन्चकन्याका जीवन थापाको गोरु प्रथम भएको छ । थापाले नगद ३० हजार रुपैया पुरस्कार थापेका छन् ।  सुकुमान तामाङको गोरु दोश्रो भएर नगद २० हजार, जनक गिरीको गोरु तेश्रो भएर नगद १० हजार रुपैया पुरस्कार थापेका छन् ।
सहभागी अन्य गोरुका धनीलाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।  कार्यक्रममा विजेता तथा उपविजेता गोरुधनीलाई प्रमुख अतिथी तथा पुर्व अर्थमन्त्रि तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पुरस्कार प्रदान गरे । उनले माघे संक्रान्तिका दिन नुवाकोटको गोरु जुधाईलाई विशेष रुपमा महत्व प्रदान गर्ने गरिएकोमा यसले किसानहरुमा उतसाह थपिएको वताए ।
 यता, नुवाकोटको विदुर नपा १० वेत्रावतिमा यस वर्ष ११ हल गोरु जुधाइएको छ । विजेता तथा उपविजेता गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।  प्रथम हुनेलाई १६ हजार, दोस्रो हुनेलाई १४ हजार रुपैया  पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा गोरु जुधाई मेलालाई विभिनन क्षेत्रवाट योगदान गर्नेहरुलाई सम्मान गरिएको छ ।  कार्यक्रममा प्रमुख अतिथि विदुर नपाका मेयर राजन श्रेष्ठले नुवाकोटको गोरु जुधाई नेपाल मात्र नभई अव अन्र्तराष्ट्रियस्तरमा चर्चा कमाइसकेको र यसको प्रवद्र्धनमा विदुर नपाले सहयोग गर्ने वताए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नपाकी उपमेयर प्रभा वोगटी, उत्तरगया गापाकी उपाध्यक्ष चमेली गुरुङ, कालिका गापाकी उपाध्यक्ष मीरा लामाडंगोललगायतले विजेता गोरुका धनीलाई पुरस्कार वितरण गरे ।
दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राम्हण समुदायको बालनभजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रर्दशन गरिएको छ । वेत्रावति गोरु जुधाई समितिका संयोजक सुवास डंगोलका अनुसार कलाकारहरुको सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ ।


सर्वाधिक रुचाइएको