स्वतन्त्र सहित्य पुञ्जको रचना वाचन कार्यक्रम

– श्रष्टाहरु सहभागी
लोकखबर
२०८२ माघ ३, शनिबार २२:३५

बिदुर– स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष रचना वाचन, साहित्य अन्र्तक्रिया तथां श्रष्टा भेटघाट कार्यक्रय सम्पन्न गरेको छ । ललीतपुरस्थित महालक्ष्मी नगरपालिका टिकाथलीमा संस्थाले वरिष्ठ साहित्यकार तथा छन्द कविहरुको उपस्थितिमा विशेष साहित्य कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख आतिथी महाकाव्यकार तथा वरिष्ठ साहित्यकार मुकुन्द शर्माचालिसेले साहित्यवाटै मानव जीवनमा सकारात्मक परिवर्तन हुन्े वताए । उनले साहित्य लेखनीवाट लेखकको वौद्धिकस्तरको मापनसमेत हुने धारणा राखे ।

कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ठ अतिथि डा. रमेश शुभेच्छुक, आयोजक संस्थाकी अध्यक्ष भवानी न्यौपाने भावना तथा सहभागी, एवं समिक्षकका रुपमा वाचन गरेका कविताहरुबारे समिक्षा गरेका थिए । कार्यक्रममा कवि ढुन्डीराज पोखरेल, हरि घिमीरे, चिरञ्जिवि सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमीरे, कल्पना काफ्ले, एसआर दुवाडीलगायतका श्रष्टाहरुले आआफ्ना कविता वाचना गरेका थिए ।

उक्त कार्यक्रम संस्थाकी सदस्य छन्दिका त्रिपाठीले सञ्चालन गरेकी थिइन् भने साहित्यकारहरुको स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले गरेकी थिइन् । गत २०८० साल वैशाख १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको सो संस्थाले पहिलो कार्यक्रम वाल्मिकी विद्यापिठमा भव्यताका साथ सम्पन्न गरेको थियो ।


सर्वाधिक रुचाइएको