एमालेद्वारा नुवाकोटका उम्मेदवार तय

– १ मा पुर्वमन्त्रि तथा जिल्ला अध्यक्ष मैनाली, २ मा पुर्वमन्त्रि तथा केन्द्रीय सदस्य पाण्डे
लोकखवर राजनीतिक व्युरो
२०८२ माघ ४, आईतवार २३:५७

बिदुर– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले नुवाकोटका दुई वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको नामावली टुंग्याएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेले एकल सिफारिस गरेर पठाएका उम्मेदवारहरु नै अन्तिम तय गरेको हो ।

जसमध्ये क्षेत्र नं. १ मा एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनाली र क्षेत्र नं. २ मा एमाले केन्द्रीय सदस्य तथा वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्र नं. १ का उम्मेदवार मैनालीले एमाले नुवाकोटमा दोश्रो कार्यकाल अध्यक्षको कार्य गरिरहनुका साथै वागमति प्रदेश सभाका पूर्व सदस्य तथा पुर्वमन्त्रिसमेत हुन् ।

युवामाझ घुलमिल हुने स्वभावका मैनाली उक्त क्षेत्रमा गत २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा तत्कालीन कांग्रेस माओवादी गठवनधनका हितवहादुर तामाङसंग निकटतम प्रतिपर्धि भएका थिए । यसैगरी, क्षेत्र नं. २ का उम्मेदवार पाण्डे वागमति प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानूनमन्त्रि हुन् ।

परराष्ट मामिला तथा कुटनितिक कार्य र सामाजिक स्वभावका पाण्डे हाल एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज हुन् । पाण्डे यसअघि गत २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा साविक नुवाकोट क्षेत्र नं. १ मा उम्मेदवार रहेका थिए ।

पाण्डे गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नुवाकोट २ को १ वाट वागमति प्रदेश सभामा निर्वाचित भएका थिए । २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालीन कांग्रेस माओवादी गठवन्धनका रामप्रसाद ढुंगानासंग निकटतम प्रतिस्पर्धि भएका थिए ।

नेकपा एमालेले नुवाकोटको छिमेकी रसुवाकोसमेत उम्मेदवार टुंगो लगाएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवाबाट प्रेमवहादुर तामाङलाई एमालेले उम्मेदवार वनाएको छ ।

गत २०६४ सालको संविधान सभा सदस्य तथा २०७४ सालको वागमति प्रदेश सभा सदस्य तामाङ हाल एमालेको केन्द्रीय सदस्य तथा रसुवा इन्चार्जसमेत हुन् । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले नुवाकोट, रसुवासहित ७७ जिल्लाका देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तय गरेको हो ।


सर्वाधिक रुचाइएको