प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ – चार पुर्वमन्त्रिसहित ३१ जनाको उम्मेदवारी
बिदुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मंगलवार विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गरेकामध्ये पुर्वमन्त्रि तथा पुर्व सांसदहरुसमेत रहेका छन् । नुवाकोटको खरानीटारमा क्षेत्र नं. १ र विदुरमा क्षेत्र नं. २ को उम्मेदवारी दर्ता कार्य भएको हो ।

दलहरुले नाराजुलुशसहित उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा चार जना पुर्वमन्त्रि रहेका छन् । एक जना संविधान सभा सदस्य र एक जना पुर्व वागमति प्रदेश सभा सदस्यले उम्मेदवारी दर्ता गरेका छन् ।

नुवाकोट १ वाट १३ वटा विभिन्न दलहरु तथा पांच जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नुवाकोट २ वाट आआफ्ना दलहरुसहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई वटा निर्वाचन क्षेत्रमा गरि नुवाकोटमा मंगलवार ३१ ज्नाको उम्मेदवारी दर्ता भएको छ ।

जसमध्ये एक जना मात्र महिला रहेका छन् । क्षेत्र नं. १ वाट उम्मेदवारी दिएका पुर्वमन्त्रिहरुमा नेपाली कांग्रेसवाट डा. प्रकाशशरण महत, नेकपा एमालेवाट बद्री मैनाली, नेकपावाट हितवहादुर तामाङ, क्षेत्र नं. २ वाट केशवराज पाण्डे रहेका छन् । नुवाकोट २ मा उम्मेदवारी दर्ता गराएका कांग्रेसका जगदीश्वरनरसिंह केसी संविधान सभा सदस्य र नेकपाका हिरानाथ खतिवडा पुर्व वागमति प्रदेश सभा सदस्य हुन् ।

उम्मेदवारी दर्ता गरेका ३१ मध्ये एकजना स्वतन्त्र उम्मेदवार चेपे तामाङ मात्र महिला उम्मेदवार रहेकी छन् । अन्य सवै पुरुष उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ता गरेकाहरुमा नुवाकोट १ कांग्रेसवाट डा. प्रकाशशरण महत, नेकपा एमालेवाट वद्री मैनाली, नेकपावाट हितवहादुर तामाङ, रास्वपावाट विक्रम तिमिल्सिना, राप्रपाका विमल थापा, मितेरी पार्टी नेपालका विवेक सिलवाल, नेमकिपाका रविन्द्र डंगोल, प्रगतीशील लोकतान्त्रिक पार्टीका राजन गौतम, नेकपा माओवादीका महेन्द्र तामाङ, मंगोल नेशनल अर्गनाइजेसनका कुमार रानामगर, श्रम संस्कृति पार्टीका दावावेन्जो लामा, उन्जालो नेपाल पार्टीका अमित तामाङ, जसपा नेपालका होमवहादुर राईले उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रमा रमेश्वर भण्डारी, चेपे तामाङ, सन्जिव गुरुङ, राजु थापा र माधव थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नुवाकोट २ वाट उम्मेदवारी दर्ता गराएकाहरुमा कांग्रेसवाट जगदीश्वरनरसिंह केसी, नेकपा एमालेवाट केशवराज पाण्डे, नेकपावाट हिरानाथ खतिवडा, रास्वपावाट अच्युतम लामिछाने, राप्रपाका झनकवहादुर प्याकुरेल, मंगोल नेशनल अर्गनाइजेसनका रेन्छेन तामाङ, नेकपा संयुक्तका किरण तिमिल्सिना, नेकपा माओवादीका नवराज ढुंगाना, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले, नेमकिपाका सुवास भट्ट, प्रगतीशील लोकतान्त्रिक पार्टीका रजमान तामाङ र आम जनता पार्टीका मानसिं गदाइलीले उम्मेदवारी दर्ता गरेका छन् ।

नुवाकोटका दुइवटै निर्वाचन क्षेत्रमा शान्ति, सांैहाद्र्ध र उल्लासपुर्वक उम्मेदवारी दर्ता भएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले वताए । उनका अनुसार विभिन्न दलहरुलाई उम्मेदवारी दर्ताका लागि छुट्टयाएर दिएको समयमा आएर उम्मेदवारी दर्ता गरेको वताए ।

































































