एकसय २८ विद्यार्थीलाई पोशाक
बिदुर– बिद्यार्थीहरुलाई अध्ययनप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको गेर्खुटारमा रहेको एक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । पोशाक पाएपछि विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

बिदुर नगरपालिका–१० गेर्खुटारमा रहेको सुन्दरीक्यौरिनी माविमा अध्ययनरत एकसय २८ जना विद्यार्थीहरुलाई वुधवार एक/एक सेट विद्यालय पोसाक प्रदान गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरे ।

उनले सामुदायिक विद्यालयको क्षमता विकासका लागि विदुर नपा क्रियशाील रहेको वताए । उनले अव आधुनिक, व्यवहारिक र प्रभावकारी शिक्षा आवस्यक रहेको वताए ।

लिभिङ वाटर नेपाल संस्थासंगको सहकार्यमा नर्सरीदेखि ५ सम्मका ७९ जना बिद्यार्थीलाई ट्रयाकसुट र कक्षा ६ देखि ९ सम्म अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई कोट पाइण्ट प्रदान गरिएको हो । विद्यार्थीहरुलाई मेयर श्रेष्ठका साथै उपमेयर प्रभा बोगटी, बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मिजारसहित सहयोगी सँस्थाका प्रतिनिधिहरुलगायत स्थानीय शिक्षाप्रेमी महानुभावहरुले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् ।





















































