कागतीगाउंमा सदियौंदेखिको अनमेल तथा वालविवाह हट्यो

– सचेतनाका श्रीपन्चमीमा हुन छाड्यो विवाह
लोकखवर विशेष संवाददाता
२०८२ माघ ९, शुक्रबार २३:२८

बिदुर-  श्रीपञ्चमीका दिन डेढ दशक अघिसम्म गाउंको महालक्ष्मी मन्दिरमा वालवालिकाहरुलाई लस्करै राखेर वालविवाह हुने नुवाकोटको कागतीगाउंमा यस वर्ष एउटै पनि विवाह भएन । यस वर्षको श्रीपन्चमीका अवसरमा शुक्रवार कागतीगाउंमा कुनै पनि वाल तथा अनमेल विवाह नभएको स्थानीयवासीले जानकारी दिए ।

कागतीगाउंका युवा मिलेर ओखरपौवाको कागतीगाउंमा वालविवाह विरुद्ध सामूहिक सचेतनाका साथै वाल तथा अनमेल विवाह मुक्त गाउं घोषणा गरेसंगै वालविवाह रोकिएको वताएका छन् । भक्तपुरवाट सदियौंदेखि वसाई सरेर आएका नेवार समुदायका अधिकांश वलामीहरुको वसोवास रहेको ककनी गाउंपालिका १ ओखरपौवाको कागतीगाउंमा पहिले प्रत्येक वर्षको श्रीपञ्चमीका दिन उमेर नपुग्दै वालविवाह हुने गरेकोमा केहि वर्षदेखि हटेको छ ।

वालविवाह हटेको जानकारी गराउंदै स्थानीयवासी तथा वडाध्यक्ष पदमवहादुर वलामीले कागती गाउंमा युवा तथा गाउंपालिकाले वालविवाह विरुद्ध सामाजिक जागरण फैलाउनुका साथै सचेतनामुलक कार्य गरेपछि वाल तथा अनमेलविवाह रोकिएको वताए । उनले १५ वर्ष अगाडिसम्म श्रीपन्चमीका अवसरमा वाल तथा अनमेल विवाह हुने गरेकोमा हाल आएर सामूहिक सचेतनाका कारण कुनै पनि विवाह नभएको वताए ।

वलामी समुदायले विगतमा श्रीपन्चमीका दिनमात्रै विवाह गर्ने चलन रहेकोमा हाल आएर अन्य लगनमा उमेर पुगेका जोडीको मात्र विवाह हुने गरेको वताए । पहिले यहांका युवायुवतीहरु उमेर नपुग्दै विवाह गरिने गरेकोमा हाल गाउंमा शिक्षित समुदायको वढोत्तरी भएको र सामाजिक जागरण वढेका कारण उमेर पुगेपछि मात्र विवाह गर्ने चलन सुरु भएको पुर्व जनप्रतिनिधि चन्द्रवहादुर वलामीले वताए ।

नुवाकोटको सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको औखरपौवाको सुन्दर कागतीगाउंमा रहेका वलामी समुदायले अशिक्षा र गरिवीका कारण प्रत्येक वर्षको श्रीपञ्चमीका दिन उमेर नपुग्दै वर्षेनी तीन दर्जन वढि जोडीको वालविवाह गरिदिने गरेकोमा हाल आएर कागतीगाउंमा वालविवाह हटेको स्थानीय युवा सामाजिक संघसंस्थाले जनाएका छन् । केहि वर्ष अगाडि कागतीगाउंमा विशेष कार्यक्रम गरि ओखरपौवामा वालविवाह नगर्ने प्रतिवद्धता जनाएसंगै वालविवाह हटेको गाउंवासीले दावी गरे ।

कागतीगाउंमा अव पुर्ण रुपमा वालविवाह मुक्त भइसकेको गाउंलेले वताए । गाउंमा शिक्षा तथा चेतनाका कारण वालविवाह रोकिएको अर्का स्थानीयवासी तथा पुर्व जनप्रतिनिधि जीतवहादुर वलामीश्रेष्ठले वताए । अव त गाउंमै विवाह गर्न उमेर पुगेका २५ देखि ३० वर्ष उमेरका युवायुवतीको जमात पो वढिरहेको छ–उनले अगाडि भने ।

पहिले वालवलिकाको कलिलै उमेरमा विवाह गरिदिंदा कम खर्च हुने र चांडै नातीनातिना खेलाउंन पाउने जनाउंदै चांडै विवाह गरिदिने गरेकोमा हाल आएर शुन्य हुन पुगेको वलामीको भनाई छ । श्रीपञ्चमीको दिन शुक्रवार कागतीगाउंको महालक्ष्मी मन्दिर तथा आसपासका गाउंमा कुनैको पनि विवाह नभएको स्थानीयवासीले वताए ।
लामो समयदेखि कागतीगाउंमा कुनै पनि वालवालिकाको विवाह नभएको स्थानीयवासी वताउंछन् ।

कागतीगाउंमा एक दशकअगाडि देखि नै वालविवाह विरुद्ध सचेतनाको सन्देशले सकारात्मक प्रभाव पारेको हो । गाउंमा चेतनाको विकास भएका कारण वालविवाह हटेको र कागतीगाउंमा पुर्ण सरसफाइको चेतना फैलाउंन मात्र वांकी रहेको छ । चांडै विवाह गरे सवैको अहित हुने सवैलाई जानकारी भइसकेको कारण वालविवाह हटेको स्थानीय महालक्ष्मी जनजागृती युवा क्लवले जनाएको छ ।

ओखरपौवाको कागतीगाउं पुर्ण रुपले वालविवाह मुक्त गाउं भइसकेको स्थानीय युवाहरुको भनाई रहेको छ । कागतीगाउंमा डेढ दशक अगाडिसम्म १२ वर्षको केटा र १० वर्षकी केटीसमेतको वाल तथा अनमेल विवाह हुने गरेको थियो । हाल शिक्षा र चेतना वढेका कारण सो कुरिती हटेको स्थानीय युवाहरु वताउंछन् ।

सदियौं पहिले उपत्यकाको भक्तपुरवाट वसाई सरि आएका वलामी समुदाय नेवार भएको कारण केहि वर्ष अगाडि अधिकांशले आफ्नो नामको पछाडि थर श्रेष्ठ लेख्न थालेकामा हाल फेरी वलामी नै लेख्न थालेका छन् । यसवाट उनीहरुको मौलिक पहिचान गुम्ने खतरा वढेको पुर्व वडाध्यक्ष चन्द्रवहादुर वलामी वताउंछन् । स्थानीय वलामी नौसय ५५ घरमा ११ हजार एकसय ५५ जना वलामी रहेको ओखरपौवामा डेढ दशकसम्म विवाह श्रीपञ्चमीका दिन मात्र गरिने परम्परागत चलन रहेको थियो ।

शिक्षित वलामीहरु वढेको कारण वालविवाह रोकिएको ककनीका जनप्रतिनिधिहरु वताउंछन् । कागतीगाउंमा हालसम्म सातसय १० जनाले प्रवेशिका, तीन सय ९० जनाले प्रवीणता प्रमाणपत्र तह, ३० जना वलामीले स्नातक तह र २० जनाले स्नातकोत्तर तह उत्तिर्ण गरिसकेको गाउंलेहरु वताउंछन् । हाल आएर वलामीहरुले चेतना वृद्धि भएका कारण अन्य समय र अन्य लगनमा पनि विवाह गर्न थालेका छन् ।

वलामी समुदाय नुवाकोटको ओखरपौवा र मकवानपुरमा रहेका छन् । पहिले अशिक्षा र गरिवीका कारण सानो उमेरमा विवाह गर्दा विभिन्न समस्या उत्पन्न हुनेलगायतका जनचेतना गाउंमा अभियानको रुपमा सञ्चालन गरिएपछि अव ओखरपौवामा पुरानो संस्कार हटेका कारण वालविवाह मुक्त गाउं भएको खुसी हुदै वलामी समुदायका अगुवाहरुको भनाई छ ।

वलामी समुदायको कुनै निश्चित पेशा नभएपनि हाल उनीहरु सामान्य खेतिपाती र आम्दानीका लागी पाएको रोजगारी गर्न थालेका छन् ।
वलामी समुदायका युवायुवतीहरु कला क्षेत्रमा पनि क्रियाशील रहेका छन् । उनीहरु विभिन्न पेशा तथा रोजगारीमासमेत सक्रिय रहेका छन् ।


सर्वाधिक रुचाइएको