नुवाकोटसहित चार टिम सेमिफाइनलमा
बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्र्तगत शनिवार तीन खेल सम्पन्न भएको छ । प्रतियोगितामा नुवाकोटसहित चार टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानमा सन्चालन भएको प्रतियोगितामा आआफ्नो टिमबाट नकआउट विजेता हुदै अर्किंड एकेडेमी नुवाकोट, वागेश्वरी मावि धादिङ, सिद्धहर्ष थली विद्यालय सिन्धुली र गुरुशिक्षालय मकवानपुर अन्तिम चारमा प्रवेश गरेका छन् ।

उक्त प्रतियोगिताको शनिवार सम्पन्न पहिलो नकआउट खेलमा वागेश्वरी मावि धादिङले एसओएस हर्मन काभ्रेलाई एकका विरुद्ध ६ गोलले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो । दोश्रो खेलमा सिद्धाष थली सिन्धुलीले गिनल्याण्ड सिनधुपाल्चोकलाई ट्राइवेकरमा तीनका विरुद्ध पांच गोलले पराजित गरेको हो ।

तेश्रो खेलमा गुरु शिक्षालय मकवानपुरले नारायणी नमूना माविलाई एकका विरुद्ध दुई गोलले पराजित गरि सेमिफाइनल यात्रा तय गरेको छ । प्रतियोगितामा छात्रातर्फको खेल आइतवारदेखि सुरु हुने आयोजक नुवाकोट फुटवल संघले जनाएको छ ।

विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा सन्चालित प्रतियोगितामा छात्रतर्फ वागमति प्रदेशका आठ विद्यालय र छात्रातर्फ सात विद्यालय टोलीहरूको सहभागिता रहेको आयोजक नुवाकोट फुवल संघका उपाध्यक्ष अच्युतराज महन्त गिरीले जानकारी दिए । दिवंगत खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी,दिवश बानियाँ प्रीयान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारको भनाई छ ।













































