दशौं झिल्टुङ क्रसकन्ट्री दौड सम्पन्न

– ४५ वर्षमाथिमा चन्द्रमान र आमा समूहतर्फ सनीता श्रेष्ठ प्रथम
लोकखवर विशेष संवाददाता
२०८२ माघ ११, आईतवार ०१:०६

बिदुर– नुवाकोटको ऐतिहासिक क्षेत्रको प्रवद्र्धनको उद्धेश्यले गरिदै आएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करण सकिएकोे छ । खेल पर्यटनको मुख्य लक्ष्यसहित आयोजित उक्त प्रतियोगिता राष्ट्रिय धावकहरुको सहभागितामा शनिवार सम्पन्न भएको हो । बेलकोटगढी नगरपालिकाको आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा सम्पन्न उक्त प्रतियोगिताले राष्ट्रिय तथा स्थानीय खेलाडीहरुले आफ्नो धावक कला प्रस्तुत गरेका छन् ।

उक्त प्रतियोगिताका विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको छ । प्रतियोगितामा सांढे चार किलोमिटर ४५ वर्ष उमेर भन्दा माथि पुरुषतर्फ चन्द्रमान श्रेष्ठ प्रथम भएका छन् । सोही प्रतियोगिताम मिठु नेपाल दोश्रा, राजेन्द्र नेपाल तृतीय र गोपीनाथ नेपाल सान्त्वना भए ।

प्रतियोगितामा सांढे चार किलोमिटर आमा समूहतर्फ सनीता श्रेष्ठ प्रथम भइन् । विमला श्रेष्ठ दोश्रो, भवानी लामिछाने तेश्रो र राधिका नेपाल सानत्वना भइन् । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमकावीच वेलकोटगढी नगरपालिकाका मेयर जगतवहादुर गुरुङले पुरस्कार प्रदान गरे । उनले खेलकुदवाट मानव जीवनमा सकारात्मक परिवर्तन हुनुका साथै यसलाई विशेष प्रमुखता दिइनु पर्ने वताए ।

प्रतियोगिताले खेलाडिहरुको पहिचान र खेल पर्यटनको प्रवद्र्धनमा मद्धत पुगेको वताए । मेयर गुरुङले यस प्रतियोगितालाई नगरले आयोजना गरेको भएपनि राष्ट्रिय खेल पर्वको रूपमा प्रवद्र्धन गरिएको वताए । दशौँ क्रिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिताको समापन कार्यक्रममा उपमेयर शिवप्रसाद दाहालले यस प्रतियोगिताले खेल पर्यटनमा मद्धत पुगेको दावी गरे ।

प्रतियोगिता समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरसभा सदस्यहरु तथा धावकहरुको सहभागिता रहेको थियो । प्रतियोगिता वेलकोटगढी नपा ५ कोल्पुटारमा समापन गरिएको हो । प्रतियोगिताअन्तर्गत चारसय वढि धावकहरूले शनिबार विभिन्न विद्यामा प्रतिस्पर्धा गरेका हुन् । सम्पन्न प्रतियोगितामा ४दशमलव ५ किलोमिटर र १३ दशमलव ४ किलोमिटर दूरीका विभिन्न समूहमा पुरुष, महिला, जुनियर तथा स्थानीय खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

४ दशमलव ५ किमि जुनियर छात्र खुल्ला (१६ वर्ष मुनि) को प्रतिस्पर्धामा कास्कीका बादल कार्की पहिला भए । भक्तपुरका सुसान्त लामिछाने दोस्रो, प्रविण काकी तेश्रो र सोलुखुम्वुका पुकरा वस्नेता सान्त्वना भए । ४ दशमलव ५ किमि जुनियर छात्रा खुल्ला (१६ वर्ष मुनि) महिला जुनियर समूहमा भक्तपुरका प्रनिषा कार्की प्रथम भइन् ।

शर्मिला गोले द्वितीय, आयुष्मा आचार्य तृतीय र पन्चमाय थिङ सान्त्वना भइन् । उक्त प्रतियोतिाको महत्वपूर्ण प्रतिस्पर्धा अन्र्तरगत १३ दशमलव ४ किमि भेट्रान पुरुष खुल्लातर्फ काठमाडौंका धर्म महर्जनले पहिलो स्थान हात पारे । धादिङका खतबहादुर दाहाल दोस्रो, काठमाडौंका रामचन्द्र श्रेष्ठ तेस्रो भए । १३ दमशलव ४ किमि महिला खुल्लातर्फ नेपाल एपिएफकी फुलमति राना प्रथम भइन्, त्रिभुवन आर्मीकी राज्यलक्ष्मी रावल द्वितीय, नेपाल एपिएफकी सुशिला महत तृतीय र मकवानपुरकी इन्द्रमाया पाख्रिन सान्त्वना भइन् ।

१३ दमशलव ४ किमि पुरुष खुल्लातर्फ त्रिभुवन आर्मी क्लवका अर्जुन वुढा प्रथम भए । ताप्लेजुङका रमेश लिम्वु दोश्रा, रुकुमका ठकेन्द्र शर्मा तृतीय र खोटाङका अविराज राई सानत्वना भए । ४ दशमलव ५ किमि १६ वर्ष मुनीको स्थानीय जुनियर छात्रातर्फ महादेव माविकी शिलसिला कुवर प्रथम भइन् । गणेशस्थान आविकी सकिना तामाङ दोश्रा, माहदेव माविकी राइस्का सुवेदी तृतीय र कामरुदेवीकी मनिष मिजार सान्त्वना भइन् । ४ दशमलव ५ किमि १६ वर्ष मुनीको स्थानीय जुनियर छात्रतर्फ मालिका माविका आशिष तामाङ प्रथम भए ।

सोही इभेण्टमा महादेव माविका गुल्सन रोक्कामगर दोश्रा, कन्चना देउराली युवा क्लवका मनिष तामाङ तृतीय र गणेशस्थान आविका प्रतापसिंह तामाङ तृतीय भए । स्थानीय तथा उमेर समूहका अन्य प्रतिस्पर्धामा स्थानीय पुरुष, महिला, आमासमूह तथा जुनियर स्थानीय समूहका स्पर्धाहरूमासमेत धावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिता समापनका अवसरमा विभिन्न क्लब तथा संस्थाबाट सहभागी खेलाडीहरूबीच र प्रतिस्पर्धात्मक दौड प्रतियोगिता समेत भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोसांस्कृति कार्यक्रमको प्रदर्शनसमेत गरिएको थियो ।

स्थानीय खेलकुद प्रवद्र्धन र युवाको सहभागिता बढाउने उद्देश्यले सन्चालित उक्त प्रतियोगिता तीन दिनसम्म खेल महोत्सवका रुपमा गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न १० ईभेन्टमा प्रतिस्पर्धा गराइएको हो । प्रतियोगितामा खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानीय पुरुषमा १३ दशमदव ४ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । खुल्ला र स्थानीयको यू–१८ र यू–१६ छात्र÷छात्रा तथा आमा÷बुवा समूहको ४ दशमलव ५ किलोमिटर दौडमा प्रथमले १८ हजार, दोश्रोले १२ हजार र तेश्रोले आठ हजार रुपैया पुरस्कार पाएका छन् ।

प्रतियोगिता समापनमा पुर्व प्रतिनिधि सभाकी सदस्य विमला सुवेदीले खेल गतिविधिले खेल पर्यटनको उजागर हुने वताइन् । खेलाडिहरुको पहिचानका लागि यस प्रकारका प्रतियोगिता फलदायी हुनेसमेत उनले वताइन् । कार्यक्रममा बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले यस झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करणले स्थानीय पहिचान, प्रवद्र्धन, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय धावकहरुसमेत पहिचान भएको वताए ।

दाहालले मानव जीवनमा खेल क्षेत्रको निकै महत्व रहेका कारण झिलटुङ क्रसकन्ट्री दौडलाई निरन्तरता दिइएको र यसलाई प्रभावकारी वनाइएको वताए । नुवाकोटका विभिन्न तथा राष्ट्रियस्तरका धावक सहभागीता रहेको उक्त दौड बेलकोटगढी नपा ५ स्थित कोल्पुटारबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै पुनः कोल्पुटारमै पुगेर टुंगिएको थियो । निकै मनमोहक र आकर्षक स्थानमा गरिएको उक्त दौडले खेल पर्यटनलाई उजागरसमेत गरेको आयोजकले जनाएको छ ।

स्थानीय क्षेत्रको खेल पर्यटनको मुल उद्धेश्यले उक्त प्रतियोगिता सन्चालन गरिएको हो । प्रतियोगितामा विभिन्न ३८ जिल्लाबाट चार सयभन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको