नवौं नुवाकोट महोत्सवमा दर्शकको घुंइचो

– पांच दिनमा ५० हजारले गरे अवलोकन, ३५ लाखको कारोवार
लोकखवर विशेष संवाददाता
२०८२ माघ ११, आईतवार २३:४१

बिदुर–  कृषि, पर्यटन र व्यापार प्रवद्र्घनको उद्धेश्यले बिदुरमा सन्चालित नवौं नुवाकोट महोत्सवमा दर्शकहरुको घुइचो भएको छ । महोत्सवको कारोवारसमेत वढेको छ । यहि माघ ७ देखि सन्चालित महोत्सव १७ गते शनिवारसम्म सन्चालन हुनेछ ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्घन र व्यवसायिक चहलपहललाई थप मजबुत बनाउने उद्धेश्यले सन्चालित नुवाकोट महोत्सवको पांचौं दिनसम्म ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । बिदुर नगरपालिका–४ स्थित बिदुरको विन्द्रलामार्गमा सन्चालित १० दिने महोत्सवको पांच दिनको अवधिमा ३५ लाख रुपैयाको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार महोत्सवमा उतपादनको विक्री वितरण, कृषि उपजको प्रवद्र्धन, मनारेन्जन तथा खेल मेलामा दर्शकहरुको घुंइचो वढेको छ । अध्यक्ष श्रेष्ठले कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित महोत्सव सन्चालन गरिएको बताए । ‘नुवाकोटका किसान, उद्यमी र कलाकारलाई प्रत्यक्ष लाभ पुग्ने गरी महोत्सव केन्द्रीत रहेको छ ।’

 

उनले अगडि भने– ‘स्थानीय उत्पादनको पहिचान र बजारीकरण महोत्सवको मुख्य प्राथमिकता हो ।’ महोत्सवमा कुभिण्डो तथा अन्य कृषि उपजहरुमासमेत दर्शकहरुको आकर्षण देखिएको छ । महोत्सव अवधिभर आर्थिक तथा व्यवसायिक गतिविधि बढ्नुका साथै होटेल, यातायात, कृषि बजार र साना व्यवसायमा उल्लेख्य चहलपहल वढेको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई छ । उनका अनुसार महोत्सवमा नुवाकोटका किसान तथा उत्पादकले तयार पारेका कृषि उपज, प्रशोधित खाद्य सामग्री र घरेलु हस्तकलाका उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।

स्थानीय उत्पादनकर्तालाई स्टल निःशुल्क उपलब्ध गराइने छ भने किसान तथा साना उद्यमीलाई कुनै अतिरिक्त शुल्क नतिरी आफ्ना उत्पादनको विक्रि वितरण र बजारीकरणको अवसर प्रदान गरिएको छ । ‘महोत्सवले स्थानीय उत्पादनलाई बिचौलियाबिना उपभोक्तासम्म पु¥याउने अवसर मिलिरहेको छ’ संघका महासचिव उपेन्द्र वुढाथोकीले भने, ‘यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुगिरहेको छ ।’ नुवाकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटनलाई प्रवद्र्घन गर्न महोत्सवलाई प्रभावकारी हुनुका साथै महोत्सव नाचगान र अन्य सामग्री विक्री गर्ने थलोको रुपमा विकसित भएको छ ।

महोत्सव स्थलमा नुवाकोटका प्रमुख धार्मिक, ऐतिहासिक, पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचान झल्किने सामग्री प्रदर्शन गरिएको संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठको भनाई छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई नुवाकोट भ्रमणतर्फ आकर्षित गरिरहेको छ । जारी महोत्सवले नुवाकोटमा आर्थिक चलायमान गराउनुका साथै सबै जातजाति, भाषा र संस्कृतिको साझा थलोका रूपमा विकास गर्न सांस्कृतिक झाँकी, मौलिक नृत्य, भेषभूषा र परम्परागत कलासमेत प्रस्तुत भइरहेको आयोजक संघका कोषाध्यक्ष मेघनाथ घिमिरेले वताए ।

उनका अनुसार  जिल्लाका नवप्रतिभा कलाकारलाई विशेष स्थान दिइएको छ । विभिन्न प्रकृतिका कलाकारहरुको दैनिक प्रस्तुती भइरहेको छ । यसका साथै, महोत्सवले नुवाकोटको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारिरहेको आयोजकले जनाएको छ । स्थानीय व्यवसायी, होटल व्यवसायी, यातायात सेवा प्रदायकदेखि साना व्यापारीसम्मलाई प्रत्यक्ष लाभ पुगिरहेको आयोजकको दाबी छ ।

१० दिनसम्म चल्ने महोत्सवले नुवाकोटको आर्थिक गतिविधिलाई चलायमान बनाउने आयोजकले जनाएको छ । नुवाकोट उद्योग वाणिज्य संघका अनुसार नवौं नुवाकोट महोत्सव मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई कृषि, पर्यटन र व्यापारको दिगो विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित भइरहेको छ । प्र्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता समेत लागू भइसकेका कारण राजनीतिक दलका तर्फबाट भाषणलगायत अन्य गतिविधि नगरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, वजारीकरण, प्रवद्र्धन, कला, संस्कृतिको प्रवद्र्धन भइरहेको छ । महोत्सवमा २ सय भन्दा बढि स्टल रहेका छन् । महोत्सव अवधिभर एक करोड रुपैया वरावरको कारोवार हुने आयोजक आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले जिल्लाको कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित महोत्सव गरिएको बताए । महोत्सवमा नुवाकोटका १२ वटै स्थानीय तहमा उत्पादित स्थानीय वस्तु तथा, सांस्कृतिक भेषभुषाको प्रदर्शन भइरहेको छ । प्रत्येक दुई÷दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको संघले यसअघिको आठौं नुवाकोट महोत्सव पनि विदुरमा नै सम्पन्न गरेको थियो ।

आठौं महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार तथा ३५ लाख नाफा कमाएको संघले यसपटक पनि सोही अनुसारमा महोत्सव सफल हुने दावी गरेको छ । महोत्सवले नुवाकोटको पहिचान, व्यापार प्रवद्र्वन तथा पर्यटन विकासमा महोत्सव योगदान दिने खालको हुनुपर्नेमा सरोकारवालाहरुले समेत जोड दिँदै आएका छन् । महोत्सवले नुवाकोटमा सम्भावनाका अवसरहरुलाई उजागर गर्ने लक्ष्य लिएको छ ।


सर्वाधिक रुचाइएको