नुवाकोट र सिन्धुली फाइनलमा

– प्रतिस्र्पात्मक खेलमा धादिङ र मकवानपुर वाहिरिए
लोकखवर खेल संवाददाता
२०८२ माघ १२, सोमबार २२:५२

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्र्तगत सोमवार छात्रतर्फको सेमिफाइनल खेल सम्पन्न भएको छ । छात्रतर्फको सेमिफाइनल खेलमा नुवाकोट र सिनधुली विजयी भएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अर्किड एकेडेमी नुवाकोटले वागेश्वरी मावि धादिङलाई पराजित गरेको हो ।

यससंगै अर्किड प्रतियोगिताको फाइनलमा पुगेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानमा सन्चालन भएको प्रतियोगिताको सेमिफाइनलमा अर्किड नुवाकोटले वागेश्वरी धादिङलाई एकका विरुद्ध दुई गोलले पराजित गरि फाइनल यात्रा तय गरेको हो ।

विजेता अर्किडका सन्जिव कुमाल र सन्जोग कुमालले एक/एक गोल गरे । पराजित वागेश्वरीका असिम वानियाले सान्त्वना गोल गरे । खेलमा विजेता अर्किडका सन्जोग कुमालले म्यान अफ दि म्याचको पुरस्कार पाए । दोश्रो सेमिफाइनल खेलमा सिन्धुलीको सिद्धास थली अंग्रेजी विद्यालय विजयी भई फाइनलमा नुवाकोटको अर्किडसंगै प्रतिस्पर्धा गर्ने भएको छ ।

आकर्षक, प्रतिस्पर्धात्मक र रोमान्चक खेलमा सिद्धास थलीले गुरु शिक्षा पाठशाला मकवानपुरलाई शन्यका विरुद्ध तीन गोलको फराकिलो अन्तरले पराजित गरि फाइनल यात्रा तय गरेको हो । उक्त खेलमा विजयी सिन्धुलीका लागि राकेश स्याङतान, प्रसन डिमडुङ र विवश मगरले एक/एक गोल गरेका हुन् । खेलमा विजयी सिनधुलीका रुपेश थिङ म्यान अफ दि म्याच भए ।

नुवाकोट र सिन्धुलीवीच यहि माघ १४ गते वुधवार उपाधि भिडन्त हुने भएको छ । विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा सन्चालित प्रतियोगितामा छात्रतर्फ वागमति प्रदेशका आठ विद्यालय र छात्रातर्फ सात विद्यालय टोलीहरूको सहभागिता रहेको आयोजक नुवाकोट फुवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । दिवंगत खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी,दिवश बानियाँ प्रीयान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारको भनाई छ ।

प्रतियोगिताको छात्रातर्फको पहिलो सेमिफाइनल मंगलवार अर्किंड एकेडेमी नुवाकोट विरुद्ध भालेश्वर मावि काभ्रेवीच तथा दोश्रो सेमिफाइनल व्रायटफ्युचर वोर्डिङ स्कुल धादिङ विरुद्ध कालीदेवी मावि सिन्धुपाल्चोकले प्रतिस्पर्धा गर्ने वागमति फुटवल संघका सहमहासचिव सुरज श्रेष्ठले वताए । उनका अनुसार छात्र तथा छात्रावीचको दुवै प्रतियोगिताको फाइनल प्रतिस्पर्धा यहि माघ १४ गते वुधवार हुने छ ।


सर्वाधिक रुचाइएको