काभ्रे र सिन्धुपाल्चोक फाइनलमा

– कविता र देविका म्यान अफ दि म्याच
लोकखवर खेल संवाददाता
२०८२ माघ १३, मंगलवार २३:१७

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्र्तगत मंगलवार छात्रातर्फको सेमिफाइनल खेल सम्पन्न भएका छन् । छात्रातर्फको सेमिफाइनल खेलमा काभ्रे र सिन्धुपाल्चोक विजयी भएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अर्किड एकेडेमी नुवाकोटलाई भालेश्वर मावि काभ्रेले पराजित गरि फाइनल चरणमा प्रवेश गरेको हो ।

यससंगै भालेश्वर प्रतियोगिताको फाइनल चरणमा पुगेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानमा सन्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा भालेश्वर मावि काभ्रेले अर्किड नुवाकोटलाई ट्राइवेकरमा पराजित गरेको हो ।

ट्राइवेकरमा भालेश्वरले तीनका विरुद्ध चार गोलले पराजित गरि फाइनल यात्रा तय गरेको हो । विजेता भालेश्वरकी देविका लामा म्यान अफ दि म्याच भइन् । दोश्रो सेमिफाइनल खेलमा कालिदेवी मावि विद्यालय सिन्धुपाल्चोक विजयी भई फाइनलमा काभ्रेको भालेश्वरसंगै प्रतिस्पर्धा गर्ने भएको छ । आकर्षक, प्रतिस्पर्धात्मक र रोमान्चक खेलमा कालीदेवीले व्राइटफ्युचर विद्यालय सिन्धुलीलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरि फाइनल यात्रा तय गरेको हो ।

उक्त खेलमा विजयी सिन्धुपाल्चोककी कविता तामाङ म्यान अफ दि म्याच भइन् । फाइनलमा कालिदेवी मावि सिन्धुपाल्चोक र काभ्रेको भालेश्वर माविले उपाधिका लागि प्रतिस्पर्धा गर्ने वागमति फुटवल संघका सहमहासचिव सुरज श्रेष्ठले वताए । उनका अनुसार छात्र र छात्राहरुको छुट्टाछुट्टै फाइनल खेल यहि माघ १४ गते वुधवार दिउंसो एक वजे र सांढे तीन वजे उपाधि भिडन्त हुने भएको छ ।

विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा सन्चालित प्रतियोगितामा छात्रतर्फ वागमति प्रदेशका आठ विद्यालय र छात्रातर्फ सात विद्यालय टोलीहरूको सहभागिता रहेको आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । दिवंगत खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवश बानियाँ प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारको भनाई छ ।


सर्वाधिक रुचाइएको